च्यासलवासीले गुथि घरमा बनाए अक्सिजनसहितको आइसोलेसन सेन्टर

२०७८ बैशाख १८ गते, शनिबार

ललितपुर – अस्पतालहरू कोरोना संक्रमितले भरिएपछि ललितपुरको च्यासलमा तीनवटा क्लब मिलेर टोलवासीलाई जोगाउन गुथि घरमा अस्थायी आइसोलेसन सेन्टर  बनाएको छ । 

च्यासलको च्यासः मंका, च्यासल युवा क्लब र च्यासल युवा रेडक्रस सर्कल मिलेर अस्थायी आइसोलेसन सेन्टर बनाएको छ ।  गुथि घरमा  लहरै चार वटा बेड र  दुई वटा बेडमा अक्सिजन जडान गरिएको छ ।

अस्पतालहरूमा बेड खाली नभए पछि टोलबासी मिलेर टोलमै अक्सिजनसहितको आइसोलेसन सेन्टर बनाउने छलफल भएसँगै अस्थायी आइसोलेसन सेन्टर  बनाएको च्यासः मंका खलका अध्यक्ष श्याम व्यञ्जनकारले बताउनु भयो । टोलवासी संक्रमित भएमा अस्पताल र सरकारलाई दुःख नदिएर आइसोलेसन सेन्टरमा राख्ने उहाँले बताउनु भयो।

अहिले चारवटा बेड भए पनि पछि अरु थप गर्ने योजना रहेको बताउदै उहाँले अक्सिजन र बिरामी हेर्नको लागि डाक्टरको समेत व्यवस्था गरिएको भन्नु भयो। 

आइसोलेसन बनाउन बेड भने च्यासल युवा क्लबले उपलब्ध गराएको हो । ए डिभिजन गेम खेल्न खेलाडीका लागि राखिएको बेडलाइ अहिले आइसोलेसनको लागि प्रयोग गरिएको छ।

टोलटोलमा यसरी नै सुरु गरे अस्पताल, स्थानीय, प्रदेश  र केन्द्र सरकारलाई भार कम पर्ने भन्दै उहाँले कोरोना भाइरस पहिलेभन्दा झन् बढी डरलाग्दो देखिएकोले अब सबै टोलले आइसोलेसन बनाउनु आवश्यक रहेको बताउनु भयो।

74 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

चन्द्रागिरि हिल्स, विशाल बजारलगायत ५१ कम्पनीको शेयर लगानी जोखिममा : धिताेपत्र बाेर्ड

२०७८ असार १ गते, मंगलवार
petrol

काठमाडौँमा पेट्रोलियम पदार्थको अभाव, अधिकांश पेट्रोल पम्प बन्द

२०७८ असार १ गते, मंगलवार

भारतमा कोरोना भ्याक्सिनका कारण पहिलो मृत्युको पुष्टि

२०७८ असार १ गते, मंगलवार

प्रहरीको फोटो खिच्दा प्रक्राउ परे शिवराम बोहजू

२०७८ असार १ गते, मंगलवार

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

‘नक्कली डीएसपी’ बन्ने फार्मेसी सञ्चालक पक्राउ

२०७८ असार १ गते, मंगलवार

उपत्यकामा आजदेखि निषेधाज्ञा केही खुकुलो, विहान ११ बजेसम्म पसल खुल्ला

२०७८ असार १ गते, मंगलवार

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

फिनल्याण्डको नगरपालिका चुनावमा नेपाली ब्योमा ताम्राकार निर्वाचित

२०७८ जेष्ठ ३१ गते, सोमबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal