२४ घन्टामा ४,८९७ संक्रमित, १७ जनाकाे मृत्यु, सक्रिय संक्रमित ३० हजार नाध्यो

२०७८ बैशाख १५ गते, बुधबार

काठमाडौं –  २४ घन्टामा देशभरबाट ४ हजार ८ सय ९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीका अनुसार देशभर १३ हजार ८७९ पिसिआर र ९८८ एन्टिजेन विधिबाट गरिएको नमुना परीक्षणको नतिजामा कुल ४ हजार ८९७ जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका ४ हजार ८९७ जनासँगै देशभर कुल कोरोना संक्रमितको संख्या ३ लाख १२ हजार ८२२ पुगेको छ । यीमध्ये ३० हजार २०९ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

काठमाडौंमा १ हजार ४६४, ललितपुरमा ३५१ र भक्तपुरमा २३२ जना गरी उपत्यकामा २ हजार ४७ जना संक्रमित थपिएका छन् ।

संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ३१७ जना र भेन्टिलेटरमा ९७ जना उपचाररत छन् ।

मंगलबार देशभर ७७३ जनाले कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । पछिल्लो २४ घन्टामा संक्रमणमुक्त भएका ७७३ जनासँगै देशभर कोरोना जित्नेको संख्या २ लाख ७९ हजार २७९ जना पुगेको छ । निको हुने दर ८९.३ प्रतिशत रहेको छ ।

पछिल्लाे २४ घन्टा अवधिमा १७ जनाकाे संक्रमणबाट मृत्यु भएकाे छ । याेसँगै हालसम्म मृत्यु हुनेकाे संख्या ३ हजार २११ पुगेकाे छ ।

45 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

फिनल्याण्डको नगरपालिका चुनावमा नेपाली ब्योमा ताम्राकार निर्वाचित

२०७८ जेष्ठ ३१ गते, सोमबार

‘विश्वकाे सबैभन्दा ठूलो परिवार’ का घरमुलीकाे निधन

२०७८ जेष्ठ ३१ गते, सोमबार

काठमाण्डौ उपत्यकामा २ देखि १२ दिन विराएर पानी वितरण हुने

२०७८ जेष्ठ ३१ गते, सोमबार

एक हप्ता थपियो निषेधाज्ञा, यी क्षेत्रमा खुकुलो

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौंमा स्कुटर बिजुलीको पोलमा ठोक्किएर एक जनाको मृत्यु

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ महानगरमा रोकिएको खोप कार्यक्रम भोलिदेखि शुरू

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ उपत्यकाको निषेधाज्ञा जेठ ३१ पछि पनि थप्न तयारी

२०७८ जेष्ठ २८ गते, शुक्रबार

असुरो के हो ,कस्ता रोगका लागि उपयुक्त हुन्छ?

२०७८ जेष्ठ २८ गते, शुक्रबार

काठमाडौंमा खोप कार्यक्रम स्थगित

२०७८ जेष्ठ २७ गते, बिहीबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal