रातो मछिन्द्रनाथको महास्नान भोली

२०७८ बैशाख १४ गते, मंगलवार

ललितपुर – वर्षा र सहकालका देवताका रुपमा पुजिने रातो मछिन्द्रनाथको महास्नान भोली गरिदैछ। हरेक वर्ष चैत्र कृष्ण प्रतिपदाका दिन रातो मछिन्द्रनाथलाई लगनखेल चोकस्थित उनकी आमा यक्षरानी मायादेवीको मन्दिरमा लगेर महास्नान गर्ने परम्परा रहँदै आएको छ । महास्नान भोली गरिनेछ। महास्नान गर्नुपूर्व यस दिन मच्छिन्द्रनाथलाई तःबहालबाट लगनखेल ल्याई शृङ्गारपटार गरेर राखिन्छ । केही समय पाठ गरिन्छ । पाठ समाप्त भएपछि चारै दिशाामा पुजारी बस्छन् । मच्छिन्द्रनाथको मुख पश्चिमपट्टि फर्काइन्छ । चाँदीको गाग्रीमा पाँचै तीर्थको पानी, गाईको दूध र  विभिन्न प्रकारका फूल मिसाएर महास्नान गर्ने चलन छ ।


करुणामयलाई यस दिन काठमाडौँ उपत्यकाका पाँच तीर्थबाट जल ल्याई महास्नान गराउने परम्परा छ। मनोहरा तीर्थ, शिलु तीर्थ, गंगा तीर्थ, विष्णुमती तीर्थ र सपन तीर्थको जल मिसाएर महास्नान गराउने परम्परा रहँदै आएको छ ।

नेपाल संवत् ४३३ अर्थात् विसं १३६९ मा गण्डकीका राजा रिपु मल्ल काठमाडौंँ आई राज्य गरेपछि मच्छिन्द्रनाथलाई महास्नान गराउने चलन बसाएको इतिहास  छ । यी मल्ल राजाको पालादेखि आजसम्म रातो मच्छिन्द्रनाथलाई महास्नान गराउँदा पाँचै ठाउँको जल मिसाउने परम्परा रहेको बताइएको छ ।

काठमाडौँ उपत्यकाको सबैभन्दा लामो जात्राका रुपमा मच्छिन्द्रनाथ जात्रा मनाइन्छ । मच्छिन्द्रनाथलाई छ महिना पाटनको तःबहाल र छ महिना बुङ्मतीमा राख्ने गरिन्छ । यसै वर्षको मङ्सिर–पुसमा रातो मच्छिन्द्रनाथलाई बुङ्मतीबाट तःबहालमा ल्याई राखिसकिएको छ ।

त्यस्तै भोली महास्नान सम्पन्न भएपछि बेलुकी पुल्चोकमा रथ बनाउनको लागि साइत पुजा गरिदैछ।

यसवर्ष पनि रातो मछिन्द्रनाथको रथयात्रा आवश्यक स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गरिने भएको छ । गुठी संस्थान कार्यालय ललितपुरको आयोजनामा जिल्ला प्रशासन कार्यालयमा सोमबार बसेको सर्वपक्षीय बैठकले कोरोना महामारीको बढ्दो जोखिमलाई मध्यनजर राखी २०७८ सालको मछिन्द्रनाथको जात्रा सञ्चालन गर्ने निर्णय भएको हो ।

रथयात्रालाई मर्यादित, अनुशासित, शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि सरोकारवाला सबैको बीचमा व्यापाक छलफल गरी मछिन्द्रनाथको जात्रा सञ्चालन गर्ने निर्णय भएको हो । सरोकारवालाले स्थानीय धर्म संस्कृतिको मुख्य पर्वको रुपमा रहेको रथयात्रालाई कोरोना संक्रमण फैलन नदिनका लागि सामाजिक दुरी, मास्क, सेनिटाइजर लगायतका स्वास्थ्य मापदण्ड पालना गर्ने गराउने निर्णय भएको छ ।

110 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

चन्द्रागिरि हिल्स, विशाल बजारलगायत ५१ कम्पनीको शेयर लगानी जोखिममा : धिताेपत्र बाेर्ड

२०७८ असार १ गते, मंगलवार
petrol

काठमाडौँमा पेट्रोलियम पदार्थको अभाव, अधिकांश पेट्रोल पम्प बन्द

२०७८ असार १ गते, मंगलवार

भारतमा कोरोना भ्याक्सिनका कारण पहिलो मृत्युको पुष्टि

२०७८ असार १ गते, मंगलवार

प्रहरीको फोटो खिच्दा प्रक्राउ परे शिवराम बोहजू

२०७८ असार १ गते, मंगलवार

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

‘नक्कली डीएसपी’ बन्ने फार्मेसी सञ्चालक पक्राउ

२०७८ असार १ गते, मंगलवार

उपत्यकामा आजदेखि निषेधाज्ञा केही खुकुलो, विहान ११ बजेसम्म पसल खुल्ला

२०७८ असार १ गते, मंगलवार

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

फिनल्याण्डको नगरपालिका चुनावमा नेपाली ब्योमा ताम्राकार निर्वाचित

२०७८ जेष्ठ ३१ गते, सोमबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal