‘नेपाल–जापान बौद्ध सम्बन्ध’ पुस्तक लोकार्पण

२०७८ बैशाख १२ गते, आईतवार

ललितपुर – वरिष्ठ संस्कृतिविद् तथा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले हिजो ‘नेपाल–जापान बौद्ध सम्बन्ध’ पुस्तकको लोकार्पण गरेका छन्। परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठद्वारा लिखित उक्त पुस्तक नेपाल जापान कल्चरल एक्सचेन्ज एशोसियशनले प्रकाशन गरेको हो ।

पुस्तकमा बुद्ध धर्म र दर्शनका आधारभूत विषयका साथसाथै दुई मुलुकबीच धार्मिक र साँस्कृतिक सम्बन्ध विस्तारमा उल्लेख्य योगदान दिने ऐतिहासिक जापानी तथा नेपाली धर्मगुरु एवं व्यक्तित्वहरुको चर्चा गरिएको छ। ती व्यक्तित्वहरुमा ई. सं. १८९९ मा नेपाल भ्रमणमा आउने जापानी भिक्षु इकाइ कावा गुची, निचिदात्सु फुजि गुरु, प्रो. केञ्जो टाँगे, दाइसाकु इकेदा, भिक्षु मोरियोका सोनी, भिक्षु युनाताका नावातामे र भिक्षु स्युचो ताकाओका छन्। बेला बेलामा जापानको भ्रमण गरी जनस्तरमा द्विपक्षीय सम्बन्ध प्रगाढ बनाउन र बुद्ध जन्मस्थल लुम्बिनीको विकासमा सहयोग जुटाउन भूमिका खेल्ने भिक्षु अमृतानन्द, भिक्षु सुमंगल, भिक्षु ज्ञानपूर्णिकका साथसाथै जयपृथ्वी बहादुरसिंह, मीनबहादुर गुरुङका त्याग र सङ्घर्षका प्रसङ्गहरु पुस्तकमा समेटिएका छन्। दुई मुलुकबीच ई. सं. १९५६ मा दौत्य सम्बन्ध कायम भएको हो।

पुस्तकमा बौद्ध विहारहरुको पुनःनिर्माण, प्राचीन बौद्ध ग्रन्थहरुको संरक्षण एवं अभिलेखीकरण र लुम्बिनीको विकासमा जापानबाट प्राप्त सहयोगको विस्तारपूर्वक चर्चा गरिएको छ।

बुद्ध जन्मस्थल लुम्बिनीलाई बौद्ध अन्तर्राष्ट्रियवादको केन्द्रको रुपमा विकास गर्न नेपाल र जापानले मिलेर काम गर्नुपर्ने निचोडमा लेखक पुगेको देखिन्छ।

सो अवसरमा सँस्कृतिविद् जोशीले धर्म मात्र जपेर आफ्नो कर्तव्यबाट विमुख हुँदा नेपाल विकासमा पछि परेको अनुभव सुनाउँदै जापानी जनताले धर्म र पुर्खाको सम्मान सँगसँगै कर्तव्यलाई पनि आत्मसात् गरेका कारण सम्पन्न मुलुकमा दरिन पुगेको हो भन्नुभयो।

राणाकालमा विदेश गई सीप सिकेर आएका कतिपय नेपालीले सामाजिक बहिष्करण व्यहोर्नु परेको स्मरण सुनाउँदै उनले भने– ‘हामीले रुढिवादी सोच बदल्नुपर्छ। अहिले चलनचल्तीमा दलित भनिन्छ। पहिले यो शब्द थिएन।’

नेपाल र जापानबीचको सम्बन्धलाई कला, संस्कृति र धार्मिक गतिविधिसँग जोडेर उजिल्याउन लेखकले गरेको प्रयास सराहनीय भएको पनि उनले बताए।

पूर्व राजदूत लेखक श्रेष्ठले नेपाली जनता र यहाँका सम्पदाहरुप्रति जापानीहरुको प्रेम र आत्मीयता रहेकाले उनीहरु दोहोर्याई दोहार्याई नेपाल भ्रमणमा आउने र यहाँको पूवार्धार विकासमा आर्थिक सहयोग दिने गरेको उल्लेख गर्नुभयो।

बौद्ध विद्वान तथा लोट्स एकेडेमिक कलेजका प्राचार्य धर्मसुन्दर बज्राचार्य र सीमाविद् बुद्धिनारायण श्रेष्ठले पुस्तकमाथि टिप्पणी गरेका थिए।

138 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

चन्द्रागिरि हिल्स, विशाल बजारलगायत ५१ कम्पनीको शेयर लगानी जोखिममा : धिताेपत्र बाेर्ड

२०७८ असार १ गते, मंगलवार
petrol

काठमाडौँमा पेट्रोलियम पदार्थको अभाव, अधिकांश पेट्रोल पम्प बन्द

२०७८ असार १ गते, मंगलवार

भारतमा कोरोना भ्याक्सिनका कारण पहिलो मृत्युको पुष्टि

२०७८ असार १ गते, मंगलवार

प्रहरीको फोटो खिच्दा प्रक्राउ परे शिवराम बोहजू

२०७८ असार १ गते, मंगलवार

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

‘नक्कली डीएसपी’ बन्ने फार्मेसी सञ्चालक पक्राउ

२०७८ असार १ गते, मंगलवार

उपत्यकामा आजदेखि निषेधाज्ञा केही खुकुलो, विहान ११ बजेसम्म पसल खुल्ला

२०७८ असार १ गते, मंगलवार

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

फिनल्याण्डको नगरपालिका चुनावमा नेपाली ब्योमा ताम्राकार निर्वाचित

२०७८ जेष्ठ ३१ गते, सोमबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal