बुधबारबाट निषेधाज्ञा लगाउन सरकारलाई सिफारिस

२०७८ बैशाख १२ गते, आईतवार

काठमाडाैं – कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले बुधबारबाट निषेधाज्ञा लगाउन सरकारलाई सिफारिस गरेको छ । पाँचसय भन्दा बढी कोरोना संक्रमित भएका जिल्लामा १५ गतेदेखि निषेधाज्ञाको तयारी गरेको हो । यसका लागि मन्त्रिपरिषद्मा सिफारिस गरिएको छ ।

परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले दिएको जानकारीअनुसार १५ गतेदेखि निषेधाज्ञा गर्नुपर्ने निष्कर्ष सीसीएमसीले निकालेको छ । बाँकेमा जस्तै स्थानीय प्रशासन (डीसीसीएमसी)लाई यो कार्यान्वयनको जिम्मा दिने सीसीएमसीको तयारी छ ।

आइतबारसम्म उपत्यकाका तीनै जिल्लासहित मोरङ, पर्सा, कास्की, दाङ, बाँके र रुपन्देहीमा पाँच सय सक्रिय संक्रमित नाघिसकेका छन् । सीसीएमसीको प्रस्ताव अब बस्ने मन्त्रिपरिषद्मा राखिने र त्यहीबाट अन्तिम निर्णय हुने मन्त्रीले जानकारी दिएका छन् ।

त्यस्तै भोलिदेखि हुने विद्यालय तहको परीक्षा स्थगित गर्न सीसीएमसीले सरकारलाई सिफारिस गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले सोमबारदेखि सुरु हुने विद्यालय तहको सबै परीक्ष स्थगित गर्न सिफारिस गरेको हो ।

77 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

चन्द्रागिरि हिल्स, विशाल बजारलगायत ५१ कम्पनीको शेयर लगानी जोखिममा : धिताेपत्र बाेर्ड

२०७८ असार १ गते, मंगलवार
petrol

काठमाडौँमा पेट्रोलियम पदार्थको अभाव, अधिकांश पेट्रोल पम्प बन्द

२०७८ असार १ गते, मंगलवार

भारतमा कोरोना भ्याक्सिनका कारण पहिलो मृत्युको पुष्टि

२०७८ असार १ गते, मंगलवार

प्रहरीको फोटो खिच्दा प्रक्राउ परे शिवराम बोहजू

२०७८ असार १ गते, मंगलवार

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

‘नक्कली डीएसपी’ बन्ने फार्मेसी सञ्चालक पक्राउ

२०७८ असार १ गते, मंगलवार

उपत्यकामा आजदेखि निषेधाज्ञा केही खुकुलो, विहान ११ बजेसम्म पसल खुल्ला

२०७८ असार १ गते, मंगलवार

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

फिनल्याण्डको नगरपालिका चुनावमा नेपाली ब्योमा ताम्राकार निर्वाचित

२०७८ जेष्ठ ३१ गते, सोमबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal