सेतो मच्छिन्द्रनाथलाई सिन्दुर जात्रा गरेर मन्दिरमा आज लैजाने

२०७८ बैशाख ११ गते, शनिबार

काठमाण्डौं – काठमाडौंको सेतो मच्छिन्द्रनाथको रथयात्रा आज सकिदैछ । मच्छिन्द्रनाथलाई लगनमा रहेको रथबाट निकालेर खटमा राखेर सिन्दुर जात्रा सहित जनबहालमा रहेको सेतो मच्छिन्द्रनाथको मन्दिरमा नै फिर्ता लगेपछि रथयात्रा सकिनेछ ।

आज मूर्तिलाई खतमा राखेर लगनबाट दलाछि, भीमसेनस्थान, मरु, हुँदै जनबहालमा रहेको मन्दिरमा लगिनेछ । गएको ७ गते जमलको तीनधारा पाठशालाबाट रथ तानेर शुरु भएको जात्रा लगन टोलबाट जनबहालमा मूर्तिलाई फिर्ता लगिए पछि सकिने गर्दछ ।

गत वर्ष कोरोना महामारीबाट बच्न लकडाउन जारी गरिएपछि सेतो मच्छिन्द्रनाथको रथयात्रा रोकिएको थियो भने रथयात्रालाई क्षमा पुजामा मात्र सिमित गरिएको थियो । यसवर्ष स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर रथजात्रा संचालन गरिएको हो ।

सेतो मच्छिन्द्रनाथको विधीपुर्वक पूजाआजा गरे देशमा सहकाल आउँछ भन्ने मान्यता छ ।

93 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

फिनल्याण्डको नगरपालिका चुनावमा नेपाली ब्योमा ताम्राकार निर्वाचित

२०७८ जेष्ठ ३१ गते, सोमबार

‘विश्वकाे सबैभन्दा ठूलो परिवार’ का घरमुलीकाे निधन

२०७८ जेष्ठ ३१ गते, सोमबार

काठमाण्डौ उपत्यकामा २ देखि १२ दिन विराएर पानी वितरण हुने

२०७८ जेष्ठ ३१ गते, सोमबार

एक हप्ता थपियो निषेधाज्ञा, यी क्षेत्रमा खुकुलो

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौंमा स्कुटर बिजुलीको पोलमा ठोक्किएर एक जनाको मृत्यु

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ महानगरमा रोकिएको खोप कार्यक्रम भोलिदेखि शुरू

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ उपत्यकाको निषेधाज्ञा जेठ ३१ पछि पनि थप्न तयारी

२०७८ जेष्ठ २८ गते, शुक्रबार

असुरो के हो ,कस्ता रोगका लागि उपयुक्त हुन्छ?

२०७८ जेष्ठ २८ गते, शुक्रबार

काठमाडौंमा खोप कार्यक्रम स्थगित

२०७८ जेष्ठ २७ गते, बिहीबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal