धरहरामा राखियो ३३० किलोको गजुर

२०७८ बैशाख ८ गते, बुधबार

काठमाण्डौ – पुनर्निर्माण सम्पन्न भएको ऐतिहासिक धरहरामा बुधवार (आज) गजुर राखिएको छ । नेपाली सेनाले विगुल फुकी, मङ्गल धुन र स्वस्तिक वाचनसहित बिहान ८ः०० बजेको शुभ साइतमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीसहितको सहभागितामा गजुर राखिएको हो । 

यो गजुर तीन सय ३० किलोको हो । गजुर तामाबाट बनेको छ भने बाहिरी आवरण सुनले लेपन गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सम्पदा विज्ञ राजुमान मानन्धरले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘धरहराको टुप्पामा तीन सय ३० किलोको सुनको जलप लगाएको गजुर राखिएको छ, त्यसमा ९५ तोला तीन लाल सुन छ ।’ उहाँका अनुसार टुप्पामा गजुर राख्नुअघि २१ तलामा प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीले शिवलिङ्ग प्रतिस्थापन गरी र नयाँ गजुरको पूजा गर्नुभएको थियो ।  

अहिले ऐतिहासिक धरहरा टावरको पुनर्निर्माण कार्य पूरा भएसँगै रङ्ग लगाउने काम भइरहेको छ । यही वैशाख ११ गते उद्घाटन गर्ने तयारीस्वरूप अहिले रङ्ग लगाइएको हो । वैशाख ११ गते ११ः०० बजे प्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन गर्ने तयारी छ । भूकम्पले भत्काएको संरचना पुनर्निर्माण भए पनि अन्य केही संरचना निर्माणको काम सम्पन्न नभएकाले तत्काल सर्वसाधारणका लागि खुला हुने छैन । त्यसका लागि आउँदो मङ्सिरसम्मको समय कुर्नुपर्नेछ । 

विसं २०७२ को विनाशकारी भूकम्पबाट धरहरालगायत ऐतिहासिक सम्पदा ध्वस्त भएका थिए । भूकम्प गएको तीन वर्षपछि मात्रै यस सम्पदाको पुनर्निर्माणको कामले गति लिएको हो । गोरखाको बारपाक केन्द्रविन्दु भूकम्पले ढलेको धरहरा पुनर्निर्माणको प्रधानमन्त्री ओलीले नै विधिवत् रूपमा २०७५ पुस १२ गते उद्घाटन गर्नुभएको हो । 

125 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

फिनल्याण्डको नगरपालिका चुनावमा नेपाली ब्योमा ताम्राकार निर्वाचित

२०७८ जेष्ठ ३१ गते, सोमबार

‘विश्वकाे सबैभन्दा ठूलो परिवार’ का घरमुलीकाे निधन

२०७८ जेष्ठ ३१ गते, सोमबार

काठमाण्डौ उपत्यकामा २ देखि १२ दिन विराएर पानी वितरण हुने

२०७८ जेष्ठ ३१ गते, सोमबार

एक हप्ता थपियो निषेधाज्ञा, यी क्षेत्रमा खुकुलो

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौंमा स्कुटर बिजुलीको पोलमा ठोक्किएर एक जनाको मृत्यु

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ महानगरमा रोकिएको खोप कार्यक्रम भोलिदेखि शुरू

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ उपत्यकाको निषेधाज्ञा जेठ ३१ पछि पनि थप्न तयारी

२०७८ जेष्ठ २८ गते, शुक्रबार

असुरो के हो ,कस्ता रोगका लागि उपयुक्त हुन्छ?

२०७८ जेष्ठ २८ गते, शुक्रबार

काठमाडौंमा खोप कार्यक्रम स्थगित

२०७८ जेष्ठ २७ गते, बिहीबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal