५२ वर्ष पछि चापागाउँ फर्कियो बज्रबाराही माईको मूर्ति

२०७८ बैशाख ७ गते, मंगलवार

काठमाडौं : चापागाँउबाट ५२ वर्ष अगाडि चोरी भएको श्री बज्रबाराही माईको मूर्ति मन्दिरमा फिर्ता ल्याइएको छ। छाउनीस्थित राष्ट्रिय संग्रहालयमा रहेको मूर्तिलाई हिजो सिन्दुर जात्रा गर्दै मन्दिरमा प्रतिस्थापन गरिएको हो।

चोरी भएको मूर्ति नेपाल प्रहरीले बरामद गरेको थियो। त्यसपछि उक्त मूर्ति राष्ट्रिय संग्रहालयको संरक्षणमा रहेको थियो।

विस २०२५ सालमा बज्रवाराही माईको मूर्ति आगछेँय्बाट चोरी भएको र पछि त्रिभुवन विमानस्थलमा फालिरहको  अवस्थामा भेटिएको नगरपालिकाका मेयर गजेन्द्र महर्जनले बताउनु भयो । उहाँका अनुसार चोरले मूर्तिलाई विदेश लैजान नसकेपछि त्यहि नै फालेको अनुमान गरिएको छ।

बज्रबाराही माईको मूर्तिलाई  २०२९ सालमा राष्ट्रिय संग्रहालयको संरक्षणमा राखिएको थियो।

कानुनी प्रक्रिया पूरा गरि नेपाल सरकार पुरातत्व विभागको निर्णय बमोजिम गोदावरी नगरपालिकाका मेयर तथा उपमेयर, जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रतिनिधि, पुरातत्व विभागका प्रतिनिधि र खः गुठीयारका गुठीयारको उपस्थितिमा संग्रहालय प्रमुख जयराम श्रेष्ठले खः गुठीलाई सो मूर्ति विधिवत रुपमा हस्तान्तरण गर्नु भएको हो।

106 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

फिनल्याण्डको नगरपालिका चुनावमा नेपाली ब्योमा ताम्राकार निर्वाचित

२०७८ जेष्ठ ३१ गते, सोमबार

‘विश्वकाे सबैभन्दा ठूलो परिवार’ का घरमुलीकाे निधन

२०७८ जेष्ठ ३१ गते, सोमबार

काठमाण्डौ उपत्यकामा २ देखि १२ दिन विराएर पानी वितरण हुने

२०७८ जेष्ठ ३१ गते, सोमबार

एक हप्ता थपियो निषेधाज्ञा, यी क्षेत्रमा खुकुलो

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौंमा स्कुटर बिजुलीको पोलमा ठोक्किएर एक जनाको मृत्यु

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ महानगरमा रोकिएको खोप कार्यक्रम भोलिदेखि शुरू

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ उपत्यकाको निषेधाज्ञा जेठ ३१ पछि पनि थप्न तयारी

२०७८ जेष्ठ २८ गते, शुक्रबार

असुरो के हो ,कस्ता रोगका लागि उपयुक्त हुन्छ?

२०७८ जेष्ठ २८ गते, शुक्रबार

काठमाडौंमा खोप कार्यक्रम स्थगित

२०७८ जेष्ठ २७ गते, बिहीबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal