प्रज्ञा-प्रतिष्ठानले लेखक तथा साहित्यकारलाई परिचयपत्र दिने

२०७८ बैशाख ६ गते, सोमबार

काठमाण्डाै – नेपाल प्रज्ञा-प्रतिष्ठानले लेखक/साहित्यकारलाई परिचयपत्र दिने कार्यविधि तयार गरेको छ।

‘लेखक/साहित्यकार परिचयपत्र वितरणसम्बन्धी (पहिलो संशोधन) कार्यविधि-२०७७’ संशोधनको पहिलो मस्यौदाको प्रतिवेदन प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीसमक्ष बुझाइएको छ । 

संशोधनसहित कार्यविधि तयार पार्न प्राज्ञ परिषद् सदस्य प्राडा. योगेन्द्रप्रसाद यादव संयोजकत्वको कार्यदलले प्रतिवेदन बुझाएको हो ।

कुलपति  उप्रेतीले देशका वाङ्‍मय साधकलाई परिचयपत्र दिने पहिलेदेखिकै योजनालाई कार्यान्वयन गर्न यही महीनाभित्र राष्ट्रपतिबाट परिचयपत्र वितरण सुरुआत गरिने जानकारी दिनुभयो। 

प्रतिष्ठानका सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्यायले ‘लेखक/साहित्यकार परिचयपत्र’ नामकरण गरिएको परिचयपत्रमा लेखक/साहित्यकारको नाम/उपनाम, नागरिकता नम्बर, जिल्ला, जन्ममिति, विषय क्षेत्र र विधा खुलाइने जानकारी दिनु भयाे।

परिचयपत्र पाउन सम्बन्धित लेखक/साहित्यकारले आफ्नो कृतिसहित आवेदन दिनुपर्नेछ।

90 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

चन्द्रागिरि हिल्स, विशाल बजारलगायत ५१ कम्पनीको शेयर लगानी जोखिममा : धिताेपत्र बाेर्ड

२०७८ असार १ गते, मंगलवार
petrol

काठमाडौँमा पेट्रोलियम पदार्थको अभाव, अधिकांश पेट्रोल पम्प बन्द

२०७८ असार १ गते, मंगलवार

भारतमा कोरोना भ्याक्सिनका कारण पहिलो मृत्युको पुष्टि

२०७८ असार १ गते, मंगलवार

प्रहरीको फोटो खिच्दा प्रक्राउ परे शिवराम बोहजू

२०७८ असार १ गते, मंगलवार

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

‘नक्कली डीएसपी’ बन्ने फार्मेसी सञ्चालक पक्राउ

२०७८ असार १ गते, मंगलवार

उपत्यकामा आजदेखि निषेधाज्ञा केही खुकुलो, विहान ११ बजेसम्म पसल खुल्ला

२०७८ असार १ गते, मंगलवार

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

फिनल्याण्डको नगरपालिका चुनावमा नेपाली ब्योमा ताम्राकार निर्वाचित

२०७८ जेष्ठ ३१ गते, सोमबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal