गृहमन्त्री बादलको सांसद पदसँगै मन्त्री पद पनि गुम्यो

२०७८ बैशाख ५ गते, आईतवार

काठमाण्डाै – गृहमन्त्री रामबहादुर थापा बादलको राष्ट्रिय सभा सांसद पदसँगै मन्त्री पद गुमेको छ ।

संसद सचिवालयले आइतवार सूचना निकालेर थापाको पद रिक्त भएको जनाएको हो । यसअघि नेकपा माओवादी केन्द्रले थापालाई पार्टीबाट निष्कासन गरिएको पत्र सङ्घीय संसद सचिवालयमा पठाएको थियो ।

बादल बागमती प्रदेशबाट राष्ट्रिय सभा सांसद बन्नु भएको थियो । सर्वोच्च अदालतको फैसलाबाट नेकपा छुट्टिएर साविकको पूर्व एमाले र पूर्व माओवादीमा रूपान्तरण हुँदा थापाले एमाले रोज्नु भएको थियो। थापाको सांसद पद गुमेपछि अब फेरि मन्त्री बन्न उहाँले संविधानअनुसार सपथ लिनुपर्छ ।

यसअघि माओवादी केन्द्रको निर्णयअनुसार प्रतिनिधिसभा सदस्य रहेका लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीलाई पनि प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि ६ महिनाका लागि मन्त्री बनाउनुभएको थियो । 

70 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

चन्द्रागिरि हिल्स, विशाल बजारलगायत ५१ कम्पनीको शेयर लगानी जोखिममा : धिताेपत्र बाेर्ड

२०७८ असार १ गते, मंगलवार
petrol

काठमाडौँमा पेट्रोलियम पदार्थको अभाव, अधिकांश पेट्रोल पम्प बन्द

२०७८ असार १ गते, मंगलवार

भारतमा कोरोना भ्याक्सिनका कारण पहिलो मृत्युको पुष्टि

२०७८ असार १ गते, मंगलवार

प्रहरीको फोटो खिच्दा प्रक्राउ परे शिवराम बोहजू

२०७८ असार १ गते, मंगलवार

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

‘नक्कली डीएसपी’ बन्ने फार्मेसी सञ्चालक पक्राउ

२०७८ असार १ गते, मंगलवार

उपत्यकामा आजदेखि निषेधाज्ञा केही खुकुलो, विहान ११ बजेसम्म पसल खुल्ला

२०७८ असार १ गते, मंगलवार

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

फिनल्याण्डको नगरपालिका चुनावमा नेपाली ब्योमा ताम्राकार निर्वाचित

२०७८ जेष्ठ ३१ गते, सोमबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal