काठमाडौँ उपत्यकाका विद्यालय बन्द गर्न सिडिओहरुको सुझाव

२०७८ बैशाख ५ गते, आईतवार

काठमाडौँ – काठमाडौँ उपत्यका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी ( सिडिओ)ले कारोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै उपत्यकाभित्रका सबै विद्यालय बन्द गर्न सुझाव दिएका छन्।

पछिल्लो समय विद्यालय उमेर समूहका बालबालिकाहरुमा कोरोना भाइरसको संक्रमण बढ्दो दरमा देखिएको हुँदा केही दिन विद्यालय बन्द गर्नेुपर्ने उनीहरुले सुझाव दिएका हुन् ।

जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र (डीसीएमसी)को आइतबार बसेको बैठकमा काठमाडौँ, भक्तपुर र ललितपुरका जिल्ला प्रमुखहरुहरुले बालबालिकाहरुमा कोरोना भाइरसको संक्रमण फैलिन नदिन केही दिन बिद्यालय बन्द नै गर्नुपर्नु सुझाव दिएका हुन् ।

बैठकमा बालबालिकाहरुमा कोरोना संक्रमण बढ्दै गएको, स्वास्थ्य जनसंख्या मन्त्रालयले पनि उपत्यकालाई अति प्रभावित जिल्लाको सूचीमा राखेका हुँदा केही दिन विद्यालय लगायत धेरै भिडभाड हुने स्थानहरु बन्द गर्ने विषयमा छलफल भएको काठमाडौँ जिल्ला प्रशासन कार्यालय प्रमुख कालिप्रसाद पराजुलीले बताउनुभयो।

उहाँले भन्नु भयो ‘कम्तिमा पनि दुई हप्ता विद्यालय बन्द गर्ने सुझाव दिएका छौँ ।’

त्यसपछि पनि संक्रमण कम नभए जोखिमको अवस्था हेरेर थप निर्णय लिनुपर्ने सुझाव आफूहरुले दिएको उहाँको भनाइ छ ।

शनिबार बसेको सीसीएमसी बैठकले पनि विद्यालय बन्द गर्न सिफारिस गरेको थियो ।

69 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

फिनल्याण्डको नगरपालिका चुनावमा नेपाली ब्योमा ताम्राकार निर्वाचित

२०७८ जेष्ठ ३१ गते, सोमबार

‘विश्वकाे सबैभन्दा ठूलो परिवार’ का घरमुलीकाे निधन

२०७८ जेष्ठ ३१ गते, सोमबार

काठमाण्डौ उपत्यकामा २ देखि १२ दिन विराएर पानी वितरण हुने

२०७८ जेष्ठ ३१ गते, सोमबार

एक हप्ता थपियो निषेधाज्ञा, यी क्षेत्रमा खुकुलो

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौंमा स्कुटर बिजुलीको पोलमा ठोक्किएर एक जनाको मृत्यु

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ महानगरमा रोकिएको खोप कार्यक्रम भोलिदेखि शुरू

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ उपत्यकाको निषेधाज्ञा जेठ ३१ पछि पनि थप्न तयारी

२०७८ जेष्ठ २८ गते, शुक्रबार

असुरो के हो ,कस्ता रोगका लागि उपयुक्त हुन्छ?

२०७८ जेष्ठ २८ गते, शुक्रबार

काठमाडौंमा खोप कार्यक्रम स्थगित

२०७८ जेष्ठ २७ गते, बिहीबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal