नेपाल ९ विकेटले विजयी

२०७८ बैशाख ४ गते, शनिबार

काठमाडौं – त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नेपालले विजयी सुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको हो । ओपन कुशल भुर्तेल र आशिफ शेखले शतकीय साझेदारी गरेपछि नेपालको विशाल निकालेको हो ।

अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा डेब्यु गरेका कुशल भुर्तेल र आशिफ शेखले पहिलो खेलमै अर्धशतक प्रहार गर्दै कीर्तिमान बनाएका छन् । २४ वर्षीय भुर्तेलले ३० बलमा ४ छक्का र ४ चौकासहित अर्धशतक पुरा गरे । यस्तै, आशिफले ३४ बलमा ४ छक्का र ४ चौका प्रहार गर्दै अर्धशतक पुरा गरे।

१३औँ ओभरको चौथो बलमा जुलियन डे मेलेको बललाई हिर्काउँदा पिटर सिलारको हातबाट क्याच आउट भए । आउट हुनअघि भुर्तेलले ६२ रन बनाएका थिए । यस्तै आशिफ ५४ तथा ज्ञानेन्द्र मल्ल १३ रनमा नटआउट रहे ।

यसअघि, कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट ग्राउन्डमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ३५ रन बनाएको थियो । सुरुवाती दुई विकेट सस्तैमा गुमाएको नेदरल्यान्ड्सका र बास डि लिडेले तेस्रो विकेटका लागि ६१ रनको अर्धशतकीय पारी खेलेपछि सम्मानजनक योगफल बनाएको हो ।

बास डि लिडेले ४१, स्कट एड्वार्डले ३० तथा पिटर सिलार र एन्टोनियस स्टालले नटआउट २२ र २० रन बनाए । नेपालका सन्दीप लामिछानेले २, सोमपाल कामी र शाहब आलमले समान एक–एक विकेट लिए । आइतबार नेदरल्यान्ड्स र मलेसियाबीच खेल हुनेछ ।

146 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

फिनल्याण्डको नगरपालिका चुनावमा नेपाली ब्योमा ताम्राकार निर्वाचित

२०७८ जेष्ठ ३१ गते, सोमबार

‘विश्वकाे सबैभन्दा ठूलो परिवार’ का घरमुलीकाे निधन

२०७८ जेष्ठ ३१ गते, सोमबार

काठमाण्डौ उपत्यकामा २ देखि १२ दिन विराएर पानी वितरण हुने

२०७८ जेष्ठ ३१ गते, सोमबार

एक हप्ता थपियो निषेधाज्ञा, यी क्षेत्रमा खुकुलो

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौंमा स्कुटर बिजुलीको पोलमा ठोक्किएर एक जनाको मृत्यु

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ महानगरमा रोकिएको खोप कार्यक्रम भोलिदेखि शुरू

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ उपत्यकाको निषेधाज्ञा जेठ ३१ पछि पनि थप्न तयारी

२०७८ जेष्ठ २८ गते, शुक्रबार

असुरो के हो ,कस्ता रोगका लागि उपयुक्त हुन्छ?

२०७८ जेष्ठ २८ गते, शुक्रबार

काठमाडौंमा खोप कार्यक्रम स्थगित

२०७८ जेष्ठ २७ गते, बिहीबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal