एमाले ४ सांसदद्वारा ‘फ्लोर क्रस’, कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत

२०७८ बैशाख ३ गते, शुक्रबार

कर्णाली प्रदेश सरकारले विश्वासको मत पाएको छ । एमालेले दिएको समर्थन फिर्ता लिएर अल्पमतमा परेको कर्णाली प्रदेश सरकारले आज विश्वासको मत लिएको थियो ।

एमालेका चार सांसदले फ्लोर क्रस गरेपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगिएको हो । मुख्यमन्त्रीका पक्षमा २२ मत परेको छ । आजको प्रदेशसभाको बैठकमा ३७ जना सांसदहरू सहभागी भएका थिए ।

३९ सदस्यीय प्रदेशसभाको विश्वास पाउन २० प्रदेशसभा सदस्यको मत आवश्यक थियो ।

नेकपा एमालेले आफ्ना सांसदहरूलाई अविश्वासको पक्षमा मत हाल्न ह्वीप जारी गरेको थियो । तर, पार्टीको ह्वीप उल्लंघन गर्दै एमालेका चार सांसदले विश्वासको मत दिए माओवादी केन्द्रको सरकार जोगाइदिएका छन् ।

प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अम्बरबहादुर थापाले ‘फ्लोर क्रस’ गरेका हुन् ।

प्रकाश ज्वाला माधव नेपालपक्षीय एमालेको कर्णाली प्रदेशका संयोजक हुन् । उनी केही दिनअघिसम्म शाही सरकारमा अर्थमन्त्री थिए । त्यस्तै नन्दसिंह बुढा पनि प्रकाश ज्वालासँगै मन्त्री थिए ।

कर्णालीमा नेकपा एमालेका माधव नेपाल पक्षका ९ सांसद छन् । उनीहरूले जति मत चाहिने हो त्यति शाहीको पक्षमा दिने समझदारी अनुसार चारजनाले दिएको बुझिएको छ ।

प्रदेशसभामा उनको दल नेकपा माओवादी केन्द्रका १२ जना मात्र सांसद छन् । एमालेका १९ जना (सभामुख बाहेक) सांसद् छन् । त्यस्तै ६ सांसद रहेको नेपाली कांग्रेसले पनि मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएको थियो । एक सदस्य रहेको राप्रपा भने तटस्थ रह्यो ।

54 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

फिनल्याण्डको नगरपालिका चुनावमा नेपाली ब्योमा ताम्राकार निर्वाचित

२०७८ जेष्ठ ३१ गते, सोमबार

‘विश्वकाे सबैभन्दा ठूलो परिवार’ का घरमुलीकाे निधन

२०७८ जेष्ठ ३१ गते, सोमबार

काठमाण्डौ उपत्यकामा २ देखि १२ दिन विराएर पानी वितरण हुने

२०७८ जेष्ठ ३१ गते, सोमबार

एक हप्ता थपियो निषेधाज्ञा, यी क्षेत्रमा खुकुलो

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौंमा स्कुटर बिजुलीको पोलमा ठोक्किएर एक जनाको मृत्यु

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ महानगरमा रोकिएको खोप कार्यक्रम भोलिदेखि शुरू

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ उपत्यकाको निषेधाज्ञा जेठ ३१ पछि पनि थप्न तयारी

२०७८ जेष्ठ २८ गते, शुक्रबार

असुरो के हो ,कस्ता रोगका लागि उपयुक्त हुन्छ?

२०७८ जेष्ठ २८ गते, शुक्रबार

काठमाडौंमा खोप कार्यक्रम स्थगित

२०७८ जेष्ठ २७ गते, बिहीबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal