सिइडिबी हाइड्रोपावर कम्पनीले २५ लाख कित्ता साधारण शेयर बिक्री गर्ने

२०७८ बैशाख २ गते, बिहीबार

काठमाडाैं – धितोपत्र बजार उच्च विन्दुमा पुगिरहेका बेला पुनः अर्को एक जलविद्युत् कम्पनीले साधारण शेयर बिक्रीको अनुमति पाएको छ । बजारले ‘बुलिस ट्रेण्ड’ पछ्याइरहेका बेला नेपाल धितोपत्र बोर्डले सिइडिबी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीलाई आज साधारण शेयर बिक्रीको अनुमति दिएको हो ।

नयाँ वर्षको अवसरमा साधारण शेयर बिक्रीको अनुमति पाउने सो कम्पनी पहिलो बनेको छ । कम्पनीले कूल २५ लाख १८ हजार २३० कित्ता साधारण शेयर बिक्री गर्नेछ । प्रतिकित्ता रु १०० बराबरको रु २५ करोड १८ लाख २३ हजार बराबरको साधारण शेयर बिक्री गर्ने गरी बोर्डले अनुमति दिएको हो ।

कम्पनीको साधारण शेयर बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ । कम्पनीले ११ मेगावाट क्षमताको तल्लो खारे खोला, १२ मेगावाटको दोर्दी एक, पाँच मेगावाटको रुकुम गाड र ४५ मेगावाटको कसुवा खोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

44 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

फिनल्याण्डको नगरपालिका चुनावमा नेपाली ब्योमा ताम्राकार निर्वाचित

२०७८ जेष्ठ ३१ गते, सोमबार

‘विश्वकाे सबैभन्दा ठूलो परिवार’ का घरमुलीकाे निधन

२०७८ जेष्ठ ३१ गते, सोमबार

काठमाण्डौ उपत्यकामा २ देखि १२ दिन विराएर पानी वितरण हुने

२०७८ जेष्ठ ३१ गते, सोमबार

एक हप्ता थपियो निषेधाज्ञा, यी क्षेत्रमा खुकुलो

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौंमा स्कुटर बिजुलीको पोलमा ठोक्किएर एक जनाको मृत्यु

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ महानगरमा रोकिएको खोप कार्यक्रम भोलिदेखि शुरू

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ उपत्यकाको निषेधाज्ञा जेठ ३१ पछि पनि थप्न तयारी

२०७८ जेष्ठ २८ गते, शुक्रबार

असुरो के हो ,कस्ता रोगका लागि उपयुक्त हुन्छ?

२०७८ जेष्ठ २८ गते, शुक्रबार

काठमाडौंमा खोप कार्यक्रम स्थगित

२०७८ जेष्ठ २७ गते, बिहीबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal