२४ घन्टामा ५५९ जना संक्रमित थपिए, १३ को मृत्यु

२०७७ चैत्र ३० गते, सोमबार

काठमाडौं – सोमबार ५५९ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । २४ घन्टामा देशभरबाट ५५९ जना नयाँ कोरोना भाइरस (कोभिड–१९) का बिरामी थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार देशभर ५ हजार १ सय ५ जनामा पिसिआर नमुना परीक्षणको नतिजामा कुल ५ सय ५९ जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका ५ सय ५९ जनासँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ८० हजार ५ सय २४ पुगेको छ । यीमध्ये ३ हजार ३ सय ६ सय जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

सोमबार देशभर थप १ सय ३८ जनाले कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । पछिल्लो २४ घन्टामा संक्रमणमुक्त भएका १ सय ३८ जनासँगै देशभर कोरोना जित्नेको संख्या २ लाख ७४ हजार १ सय ६५ जना पुगेको छ । निको हुने दर ९७.७ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घन्टाको अवधिमा थप १३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै हालसम्म ३ हजार ५३ जनाको कोरोनाबाट ज्यान गएको मन्त्रालयले जनाएको छ ।

57 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

फिनल्याण्डको नगरपालिका चुनावमा नेपाली ब्योमा ताम्राकार निर्वाचित

२०७८ जेष्ठ ३१ गते, सोमबार

‘विश्वकाे सबैभन्दा ठूलो परिवार’ का घरमुलीकाे निधन

२०७८ जेष्ठ ३१ गते, सोमबार

काठमाण्डौ उपत्यकामा २ देखि १२ दिन विराएर पानी वितरण हुने

२०७८ जेष्ठ ३१ गते, सोमबार

एक हप्ता थपियो निषेधाज्ञा, यी क्षेत्रमा खुकुलो

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौंमा स्कुटर बिजुलीको पोलमा ठोक्किएर एक जनाको मृत्यु

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ महानगरमा रोकिएको खोप कार्यक्रम भोलिदेखि शुरू

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ उपत्यकाको निषेधाज्ञा जेठ ३१ पछि पनि थप्न तयारी

२०७८ जेष्ठ २८ गते, शुक्रबार

असुरो के हो ,कस्ता रोगका लागि उपयुक्त हुन्छ?

२०७८ जेष्ठ २८ गते, शुक्रबार

काठमाडौंमा खोप कार्यक्रम स्थगित

२०७८ जेष्ठ २७ गते, बिहीबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal