हेलिकोप्टर प्रयोग गरेर नागार्जुन जंगलमा लागेको आगो निभायो

२०७७ चैत्र २९ गते, आईतवार

काठमाडौँ – काठमाडौंको नागर्जुन राष्ट्रिय निकुञ्जमा लागेको आगो नियन्त्रणमा आएको छ। आइतवार बिहान ११ बजेदेखि लागेको आगो हेलिकप्टरमार्फत पानी खसालेर निभाइएको हो ।

जंगलमा आगलागी भएपछि प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी तथा निकुञ्जका कर्मचारी गरी करिब दुई सय जना आगो नियन्त्रणमा खटिएका थिए । बुढानिलकण्ठ नगरपालिका र नेपाली सेनाकै दमकलबाट आगलागी नियन्त्रणमा लिने प्रयास गरियो । तर, दिनभर प्रयास गर्दा पनि नियन्त्रणमा नआएपछि हेलिकप्टरको सहायताले आगलागी नियन्त्रणमा लिइएको हो ।

आगो निभाउन हेलिकप्टरमा एक हजार लिटर जाने ट्याङ्की (व्याम्बी बकेट) को प्रयोग गरिएको थियो। यसअघि स्थानीय समुदाय र सुरक्षा निकायको सहभागितामा गरिएको प्रयास जारी रहँदै गर्दा फैलिने क्रम नरोकिएपछि हेलिकप्टर प्रयोग गरिएको हो । स्थलमार्गबाट पनि दमकलसहित स्थानीय सङ्घ संस्था, समुदायका प्रतिनिधि तथा सुरक्षाकर्मीले आगो निभाउने प्रयास जारी राखेका थिए ।

77 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

चन्द्रागिरि हिल्स, विशाल बजारलगायत ५१ कम्पनीको शेयर लगानी जोखिममा : धिताेपत्र बाेर्ड

२०७८ असार १ गते, मंगलवार
petrol

काठमाडौँमा पेट्रोलियम पदार्थको अभाव, अधिकांश पेट्रोल पम्प बन्द

२०७८ असार १ गते, मंगलवार

भारतमा कोरोना भ्याक्सिनका कारण पहिलो मृत्युको पुष्टि

२०७८ असार १ गते, मंगलवार

प्रहरीको फोटो खिच्दा प्रक्राउ परे शिवराम बोहजू

२०७८ असार १ गते, मंगलवार

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

‘नक्कली डीएसपी’ बन्ने फार्मेसी सञ्चालक पक्राउ

२०७८ असार १ गते, मंगलवार

उपत्यकामा आजदेखि निषेधाज्ञा केही खुकुलो, विहान ११ बजेसम्म पसल खुल्ला

२०७८ असार १ गते, मंगलवार

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

फिनल्याण्डको नगरपालिका चुनावमा नेपाली ब्योमा ताम्राकार निर्वाचित

२०७८ जेष्ठ ३१ गते, सोमबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal