बिस्केट जात्राको रथ तान्दा भक्तपुरमा १९ घाइते : मध्यरातमा ढुङ्गा हानाहान

२०७७ चैत्र २९ गते, आईतवार

भक्तपुर – बिस्केट जात्राको रथ तान्दा भक्तपुरमा १९ जना घाइते भएका छन् । हिजोदेखि सुरु भएको बिस्का अर्थात् बिस्केट जात्रामा भैरबको रथलाई तान्ने क्रममा रथबाट झर्दा, रथ तान्ने क्रममा र ढुङ्गा हानाहान हुँदा १९ जना घाइते भएका हुन् ।

ढुङगा हानाहान भएपछि रथलाई आज बिहान मात्रै गःहिटी पुर्याइएको छ । आठ रात नौ दिनसम्म मनाइने ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको बिस्काः जात्राको पहिलो दिन भैरबको रथ तान्ने क्रममा घाइते भएकाको विभिन्न अस्पतालमा उपचार भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । रथबाट खसेर ७९ वर्षीय कृष्णगोपाल मुलगुठी र २६ वर्षका दिपेश साँगाछें घाइते भएका छन् । 

त्यस्तै रथ तान्ने क्रममा मनिष सिन्ताकल, रमेश माता, अमिक त्वायना, सुनिल भुजेल घाइते भएको प्रहरीले जानकारी दिएको छ । अरु घाइते सुनिल नापित, नरेश श्रेष्ठ, रोजन त्वातीलगायत उपचारपछि घर फर्किएका छन् । राती ढुङ्गा हानाहान हुँदा ढुङ्गाले लागेको केहि घाइते भएका प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।

भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतीले छिटपुट घटना भएका र तोकिएका आवश्यक व्यक्तिहरूबाहेक अन्य व्यक्तिहरू अनधिकृत रुपमा रथमा नचढ्न पनि आग्रह गर्नुभयो ।

49 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

चन्द्रागिरि हिल्स, विशाल बजारलगायत ५१ कम्पनीको शेयर लगानी जोखिममा : धिताेपत्र बाेर्ड

२०७८ असार १ गते, मंगलवार
petrol

काठमाडौँमा पेट्रोलियम पदार्थको अभाव, अधिकांश पेट्रोल पम्प बन्द

२०७८ असार १ गते, मंगलवार

भारतमा कोरोना भ्याक्सिनका कारण पहिलो मृत्युको पुष्टि

२०७८ असार १ गते, मंगलवार

प्रहरीको फोटो खिच्दा प्रक्राउ परे शिवराम बोहजू

२०७८ असार १ गते, मंगलवार

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

‘नक्कली डीएसपी’ बन्ने फार्मेसी सञ्चालक पक्राउ

२०७८ असार १ गते, मंगलवार

उपत्यकामा आजदेखि निषेधाज्ञा केही खुकुलो, विहान ११ बजेसम्म पसल खुल्ला

२०७८ असार १ गते, मंगलवार

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

फिनल्याण्डको नगरपालिका चुनावमा नेपाली ब्योमा ताम्राकार निर्वाचित

२०७८ जेष्ठ ३१ गते, सोमबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal