तस्विरमा टुँडिखेलमा आयोजित घोडेजात्रा कार्यक्रम

२०७७ चैत्र २९ गते, आईतवार

काठमाडाैं – विभिन्न कार्यक्रम गरी आज घोडेजात्रा पर्व मनाइएको छ । प्रत्येक वर्ष चैत कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्वका अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा नेपाली सेनाले विभिन्न कला–कौशल प्रस्तुत गर्‍यो ।

समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी लगायत सरकारका विशिष्ट व्यक्तिहरुको उपस्थिति थियो । उपत्यकामा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेकाले सुरक्षाको लागि सीमित पाहुना र कम सहभागी गराइ कार्यक्रम गरिएको नेपाली सेनाले जनाएको छ ।

जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेको थियो । पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे । राक्षसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय स्थानीयवासीमा रहिरह्यो ।

यसै कारण प्रत्येक वर्ष चैत कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो । साथै सहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ । यसो गरेपछि वर्षभर बालबालिकालाई गुरुमापाबाट खतरा नहुने विश्वास राजधानीवासीमा छ ।

गत वर्ष कोरोना महामारीका कारण बन्दाबन्दी जारी गरिएकै दिन घोडेजात्रा परेकाले कार्यक्रम स्थगित गरिएको थियो ।

तस्विरः रासस

48 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

चन्द्रागिरि हिल्स, विशाल बजारलगायत ५१ कम्पनीको शेयर लगानी जोखिममा : धिताेपत्र बाेर्ड

२०७८ असार १ गते, मंगलवार
petrol

काठमाडौँमा पेट्रोलियम पदार्थको अभाव, अधिकांश पेट्रोल पम्प बन्द

२०७८ असार १ गते, मंगलवार

भारतमा कोरोना भ्याक्सिनका कारण पहिलो मृत्युको पुष्टि

२०७८ असार १ गते, मंगलवार

प्रहरीको फोटो खिच्दा प्रक्राउ परे शिवराम बोहजू

२०७८ असार १ गते, मंगलवार

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

‘नक्कली डीएसपी’ बन्ने फार्मेसी सञ्चालक पक्राउ

२०७८ असार १ गते, मंगलवार

उपत्यकामा आजदेखि निषेधाज्ञा केही खुकुलो, विहान ११ बजेसम्म पसल खुल्ला

२०७८ असार १ गते, मंगलवार

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

फिनल्याण्डको नगरपालिका चुनावमा नेपाली ब्योमा ताम्राकार निर्वाचित

२०७८ जेष्ठ ३१ गते, सोमबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal