पत्रकार महासंघको चुनावमा विपुल पोख्रेलको प्यानल विजयी

२०७७ चैत्र २८ गते, शनिबार

काठमाडाैं – नेपाल पत्रकार महासंघको निर्वाचनमा प्रेस युनियन गठबन्धनका उम्मेदवार विपुल पोखरेलको पुरै प्यानल विजयी भएको छ ।

निर्वाचन समितिले सार्वजनिक गरेको मत परिणामअनुसार महासंघको अध्यक्षमा विपुल पोखरेल तीन हजार मतान्तरले पूरै प्यानलसहित निर्वाचित हुनु भएको छ।

पोखरेलले ६ हजार ९४२ मत प्राप्त गर्नु भएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी प्रेस चौतारीकी उम्मेदवार निर्मला शर्माले ३ हजार ९१५ मत प्राप्त गर्नु भएको छ । अध्यक्षका अर्का प्रत्यासी गजेन्द्र बुढाथोकीले ६९१ मत प्राप्त गर्नु भयो ।

जितपछि पोखरेलले महासंघको निर्णय प्रक्रिया र नीति निर्माणमा दलीय प्रभाव पर्न नदिने प्रतिबद्धता जनाउनु भयो । शनिबार सबै जिल्लाको मतगणना सकिएको र आफ्नो जीत भएपछि विजय जुलुस मनाउँदै नवनिर्वाचित अध्यक्ष पोखरेलले महासंघका कुनै पनि कुरामा दलीय एजेण्डाको प्रभाव पर्न नदिने बताउनु भयो ।

महासंघका लगभग सबै पदाधिकारी नै पोख्रेलको प्यानलबाट विजयी भएका छन्  । वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, उपाध्यक्षमा उदय जीएम र बाला अधिकारी, महासचिवमा रोसन पुरी, सचिवमा गोविन्द चौलगाइँ, पवन आचार्य, सृजना अर्याल, नारायण किलम्बु, दिपेन्द्र चौहान र हेमकर्ण विक विजयी भएका छन् ।

यस्तै कोषाध्यक्षमा कलेन्द्र सेजुवाल र लेखासमिति सदस्यमा लेखनाथ न्यौपाने वियजी हुनुभएको छ । महासंघको धेरैजसो जिल्ला, प्रदेश, प्रतिष्ठान र एसोसिएट्स तर्फ पनि प्रेस युनियन र प्रेस संगठनकै प्यानलका उम्मेद्वारले जितेका छन् । पत्रकार महासंघको चुनावमा नेपाली कांग्रेस निकट प्रेस युनियनले माओवादी निकट प्रेस संगठनसहित ११ दल नजिकका संगठनसँग गठबन्धन गरेको थियो

एमाले निकट प्रेस चौतारीले जसपा, राप्रपा लगायत नौ दल निकट संगठनसँग गठबन्धन गरेको थियो। यो चुनावमा पहिलोपटक प्रत्यक्ष निर्वाचित प्रणाली अपनाइएको थियो । १३ हजार एक सय मतदाता रहेकोमा ९५ प्रतिशत मत खसेको निर्वाचन समितिले जनाएको छ । 

51 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

फिनल्याण्डको नगरपालिका चुनावमा नेपाली ब्योमा ताम्राकार निर्वाचित

२०७८ जेष्ठ ३१ गते, सोमबार

‘विश्वकाे सबैभन्दा ठूलो परिवार’ का घरमुलीकाे निधन

२०७८ जेष्ठ ३१ गते, सोमबार

काठमाण्डौ उपत्यकामा २ देखि १२ दिन विराएर पानी वितरण हुने

२०७८ जेष्ठ ३१ गते, सोमबार

एक हप्ता थपियो निषेधाज्ञा, यी क्षेत्रमा खुकुलो

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौंमा स्कुटर बिजुलीको पोलमा ठोक्किएर एक जनाको मृत्यु

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ महानगरमा रोकिएको खोप कार्यक्रम भोलिदेखि शुरू

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ उपत्यकाको निषेधाज्ञा जेठ ३१ पछि पनि थप्न तयारी

२०७८ जेष्ठ २८ गते, शुक्रबार

असुरो के हो ,कस्ता रोगका लागि उपयुक्त हुन्छ?

२०७८ जेष्ठ २८ गते, शुक्रबार

काठमाडौंमा खोप कार्यक्रम स्थगित

२०७८ जेष्ठ २७ गते, बिहीबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal