उपत्यकाव्यापी धिमे बाजा प्रतियोगिता सुरु

२०७७ चैत्र २८ गते, शनिबार

भक्तपुर – मध्यपुरथिमि नगरपालिकामा उपत्यकाव्यापी धिमे बाजा प्रतियोगिता सुरु भएको छ ।

ओस्ला नेपालको आयोजना तथा मध्यपुरथिमि नगरपालिकाको सहयोगमा मध्यपुरथिमिको बालकुमारीमा भएको प्रतियोगिताको आज मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले उद्घाटन गर्नु भयो ।

कार्यक्रममा उहाँले मध्यपुरथिमि नगरपालिकाले धिमे बाजा, मुस्या बाजा, बाँसुरी बाजालगायत ऐतिहासिक जात्रा पर्वका लागि अत्यावश्यक बाजाको संरक्षणमा नगरपालिकाले टेवा पुर्याउँदै आएको बताउनु भयो । मूर्त तथा अमूर्त कला, संस्कृतिको संरक्षण एवं विकासमा मध्यपुरथिमि नगरपालिकाले पहिलो प्राथमिकतामा राखेर काम गर्दै आएको चर्चा गर्दै उनले नयाँपुस्तालाई पनि कला, संस्कृति तथा बाजाको संरक्षणमा सहभागी गराउनुपर्नेमा जोड दिनु भयो ।

मध्यपुरथिमि नगरपालिकाले आफू आएपछि २५ वटा ऐतिहासिक पोखरीको संरक्षण गरेको, बिस्केट जात्राका लागि पोखरीमा पानी भरेको, मठ, मन्दिर पाटीलगायत पुनःनिर्माण एवं संरक्षण गरिएको बताउनु भयो ।

नेवार समुदायको कला, संस्कृतिको महत्व बोकेको बिस्काः जात्रालाई प्रशासनले रोक्ने दुस्प्रयास गरेको भन्दै उहाँले आक्रोश व्यक्त गर्नु भयो । “नेवार समुदायको कला, संस्कृति र पहिचान बोकेको वर्षैँदेखि चल्दै आएको बिस्केट जात्रा रोक्न दुष्प्रयास सिडिओले गरेका छन्, जात्रा रोक्न कर्फ्यु लगाउने तयारीसमेत गरियो भन्ने सुनेको छु, हाम्रो जात्रा रोक्ने प्रयास भए त्यसको प्रतिवाद गरिन्छ”, नगरप्रमुख श्रेष्ठले भन्नु भयो, “कर्फ्यु लगाए प्रतिवादमा अगाडि म आउँने छु, ढुक्क भएर भव्यरुपमा जात्रा मनाउनुस् ।”

मध्यपुरथिमि नगरपालिकाको रू दुई लाख ५० हजार आर्थिक सहयोगमा कुल रू चार लाखको लागतमा सुरु भएको प्रतियोगिता ३१ वटा खलः पुचःको सहभागिता रहेको आयोजक ओस्ला नेपालका अध्यक्ष राजेश श्रेष्ठले जानकारी दिनु भयो ।

प्रतियोगितामा प्रथम हुनेलाई रु १५ हजार, दोस्रो हुनेलाई रु १० हजार र तेस्रो हुनेलाई रु पाँच हजार नगद पुरस्कारसहित शिल्ड, पदक, प्रमाणपत्र प्रदान गरिने भएको छ ।

84 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

फिनल्याण्डको नगरपालिका चुनावमा नेपाली ब्योमा ताम्राकार निर्वाचित

२०७८ जेष्ठ ३१ गते, सोमबार

‘विश्वकाे सबैभन्दा ठूलो परिवार’ का घरमुलीकाे निधन

२०७८ जेष्ठ ३१ गते, सोमबार

काठमाण्डौ उपत्यकामा २ देखि १२ दिन विराएर पानी वितरण हुने

२०७८ जेष्ठ ३१ गते, सोमबार

एक हप्ता थपियो निषेधाज्ञा, यी क्षेत्रमा खुकुलो

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौंमा स्कुटर बिजुलीको पोलमा ठोक्किएर एक जनाको मृत्यु

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ महानगरमा रोकिएको खोप कार्यक्रम भोलिदेखि शुरू

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ उपत्यकाको निषेधाज्ञा जेठ ३१ पछि पनि थप्न तयारी

२०७८ जेष्ठ २८ गते, शुक्रबार

असुरो के हो ,कस्ता रोगका लागि उपयुक्त हुन्छ?

२०७८ जेष्ठ २८ गते, शुक्रबार

काठमाडौंमा खोप कार्यक्रम स्थगित

२०७८ जेष्ठ २७ गते, बिहीबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal