भक्तपुर विस्काः जात्रामा भैरवनाथको रथ शनिबार दिउँसो २ बजे तानिने (जात्राको कार्यसूची सहित)

२०७७ चैत्र २६ गते, बिहीबार

भक्तपुर – भक्तपुरको प्रसिद्ध बिस्का: जात्रा व्यवस्थित र शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न भक्तपुर नगरपालिकाले बोलाएको बैठकले भैरवनाथको रथ दिउँसो तान्ने निर्णय गरेको छ। बिहिबार बसेको बैठकले भैरवनाथको रथ चैत्र २८ गते शनिबार दिउँसो ठिक २ बजेदेखि तानिने निर्णय गरेको हो।

रथलाइ टौमढीबाट पूर्वमा बढीमा बुलुबुलु हिटी (सुकुलढोका) र पश्चिममा बढीमा नासमनासम्म मात्र लग्न पाइने निर्णय गरेको छ । रथमा जुुसी बजु, कर्माचार्य, तलेजुको मूल पुजारी, गुठी नाइके, भैरव नाइके, कर्मी नाइके, चौगुठीलगायत तोकिएका आवश्यक व्यक्तिबाहेक अन्य व्यक्तिहरू अनधिकृत रुपमा नचढ्न अनुरोध गरेको छ ।

जात्रा अवधिभर भक्तपुर नगरका विभिन्न क्षेत्रमा आकस्मिक स्वास्थ्य उपचारका लागि स्वास्थ्य शिविर व्यवस्थापन व्यवस्था गरिने छ । शिविर व्यवस्थापनका लागि नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्र च्याम्हासिंह, विभिन्न अस्पतालहरू र नेपाल रेडक्रस सोसाइटी, भक्तपुरलाई जिम्मा दिने निर्णय बैठक गरेको छ।

बैठकले गुठी संस्थान भक्तपुरका कार्यालय प्रमुख आनन्दप्रसाद कर्माचार्यबाट प्रस्तुत २०७७ चैत्र २८ गतेदेखि २०७८ वैशाख ५ गतेसम्मको जात्राको कार्यसूची पारित गरेको छ ।

बैठकमा नगरपालिकाका जनप्रतिनिधिहरू, गुठी संस्थान प्रमुख, सुरक्षा निकायका प्रतिनिधिहरू, विद्युत प्राधिकरण, नेपाल टेलिकम, का.उ.खा.लि. भक्तपुर लगायतका कार्यालयका प्रमुखहरू, जात्रासँग सम्बन्धित गुठी नाइके, भैल नाइके, जुसी बजुलगायतको उपस्थिति थियो।

61 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

फिनल्याण्डको नगरपालिका चुनावमा नेपाली ब्योमा ताम्राकार निर्वाचित

२०७८ जेष्ठ ३१ गते, सोमबार

‘विश्वकाे सबैभन्दा ठूलो परिवार’ का घरमुलीकाे निधन

२०७८ जेष्ठ ३१ गते, सोमबार

काठमाण्डौ उपत्यकामा २ देखि १२ दिन विराएर पानी वितरण हुने

२०७८ जेष्ठ ३१ गते, सोमबार

एक हप्ता थपियो निषेधाज्ञा, यी क्षेत्रमा खुकुलो

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौंमा स्कुटर बिजुलीको पोलमा ठोक्किएर एक जनाको मृत्यु

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ महानगरमा रोकिएको खोप कार्यक्रम भोलिदेखि शुरू

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ उपत्यकाको निषेधाज्ञा जेठ ३१ पछि पनि थप्न तयारी

२०७८ जेष्ठ २८ गते, शुक्रबार

असुरो के हो ,कस्ता रोगका लागि उपयुक्त हुन्छ?

२०७८ जेष्ठ २८ गते, शुक्रबार

काठमाडौंमा खोप कार्यक्रम स्थगित

२०७८ जेष्ठ २७ गते, बिहीबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal