वातावरण संरक्षणका लागि भक्तपुरमा ३३ पोखरी पदयात्रा हुने

२०७७ चैत्र २६ गते, बिहीबार

भक्तपुर – नयाँ वर्षको अवसरमा भक्तपुरमा ३३ पोखरी पदयात्रा हुने भएको छ। निजी सवारी साधन र अनाबश्यक यात्राको न्यूनिकरण गर्ने उद्धेश्यका साथ नियमित रुपमा पदयात्रा गर्दै आएको भक्तपुर टुर्सले नयाँ वर्षको अवसरमा ३३ पोखरी पदयात्रा गर्न लागेको हो।

कम संख्यामा मात्र सवारी साधनको प्रयोग गराैं भन्ने सन्देश दिनको लागि बैशाख १ गते ३३ पोखरी पदयात्रा गर्न लागेको ३३ पोखरी पदयात्रा समिति २०७८ का संयोजक सनिस शिल्पकारले बताउनु भयो ।

उहाँका अनुसार करीब ३३ हजार फीट लामो पद यात्रा सामान्य मानिसले ३ घन्टा ३३ मिनेट मा पुरा गर्न सकिन्छ। पदयात्रामा भक्तपुरका ३३ वटा साना ठुला पोखरीहरुको अवलोकन गर्न सकिने शिल्पकारले बताउनु भयो ।

पदयात्रा विहान साढे सात बजे माहेश्वरी मन्दिरबाट सुरु हुनेछ भने भीड हुन नदिनको लागि दश, दश जनाको समूहले एक, एक मिनेटको अन्तरालमा यात्रा शुरू गर्नेछ । यात्रामा बैक, सहकारी, स्कूल, कलेज, सरकारी कर्मचारी, कुतनितिक नियोगका अधिकारीहरुको सहभागीता हुनेछ । पदयात्रीहरुको मनोरन्जनको लागि स्थानीय परिकार सहित समय् बजीको व्यवस्था गरिनेछ ।

स्वास्थ्य सुरक्षालाई मध्य नजर गरी सहभागीहरुले चैत ३१ सम्म नाम दर्ता गर्नु पर्ने शिल्पकारले बताउनु भयो।

116 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

फिनल्याण्डको नगरपालिका चुनावमा नेपाली ब्योमा ताम्राकार निर्वाचित

२०७८ जेष्ठ ३१ गते, सोमबार

‘विश्वकाे सबैभन्दा ठूलो परिवार’ का घरमुलीकाे निधन

२०७८ जेष्ठ ३१ गते, सोमबार

काठमाण्डौ उपत्यकामा २ देखि १२ दिन विराएर पानी वितरण हुने

२०७८ जेष्ठ ३१ गते, सोमबार

एक हप्ता थपियो निषेधाज्ञा, यी क्षेत्रमा खुकुलो

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौंमा स्कुटर बिजुलीको पोलमा ठोक्किएर एक जनाको मृत्यु

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ महानगरमा रोकिएको खोप कार्यक्रम भोलिदेखि शुरू

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ उपत्यकाको निषेधाज्ञा जेठ ३१ पछि पनि थप्न तयारी

२०७८ जेष्ठ २८ गते, शुक्रबार

असुरो के हो ,कस्ता रोगका लागि उपयुक्त हुन्छ?

२०७८ जेष्ठ २८ गते, शुक्रबार

काठमाडौंमा खोप कार्यक्रम स्थगित

२०७८ जेष्ठ २७ गते, बिहीबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal