रुपा र रजनी ‘मिस एण्ड मिसेज डिसेबिलिटी क्वीन’

२०७७ चैत्र २३ गते, सोमबार

काठमाण्डाै –रुपा पहाडी र रजनी राईले ‘मिस एण्ड मिसेज डिसेबिलिटी क्वीन २०२१’को शीर्ष उपाधि जितेका छन् । रुपाले ‘मिसेस’ र रजनीले ‘मिस’ तर्फको उपाधि हात पारेका हुन् ।

सानेपास्थित हेरिटेज गार्डेनमा भएको प्रतियोगितामा डीना खत्री ‘फष्ट रनर अप’ र सरिता कोइराला ‘सेकेन्ड रनर अप’ चुनिए । विजेता चारजनाले क्रमशः १५, १५, १० र ५ हजार नगदसहित विभिन्न उपहारसमेत पोल्टामा पारे।

ग्रीन आर्ट मिडियाले अपांगता भएको व्यक्तिहरुको क्षमता र उनीहरुमा लुकेर रहेको प्रतिभा निखार्ने र समाजमा उनीहरुलाई फरक चिनारी बनाउन सहयोग पुर्‍याउने उद्देश्यले नेपालमै पहिलोपटक यस्तो प्रतियोगिता आयोजना गरेको हो।

सांस्कृतिक समाज नेपालको सहकार्यमा आयोजना भएको प्रतियोगितामा रुपा पहाडी ‘बेस्ट स्माइल’, मिरा तामाङ ‘बेस्ट डिसिप्लेन’, संगीता मागी ‘मस्ट ट्यालेन्टेड’, टिना महर्जन ‘मस्ट फोटोजेनिक’, मिना शर्मा ‘मस्ट अमाजिनो’, निर्मला भण्डारी ‘बेस्ट पर्सनालिटी’, अनु राई ‘मस्ट हम्बल’, सरिता कोइराला ‘मस्ट फ्रेन्डली’, गंगा छन्त्याल ‘मस्ट ग्ल्यामर’, तुलसा थापा मगर ‘मस्ट कन्फिडेन्ट’, रजनी राई ‘बेस्ट स्क्रिन’ र अस्मी दुलाल ‘मष्ट ब्युटिफुल’ बने।

प्रतियोगितामा पुर्व ‘मिस नेपाल’ इभाना मानन्धर, व्यवसायी सीमा जोशी, प्रेरणा मरासैनी प्रधान, किशोरभक्त श्रेष्ठ, सांस्कृतिक समाज नेपाल (सिएमपीडी नेपाल)का सभापति सरिता थुलुङ निर्णायक थिए ।

रवीन्द्रप्रताप शाहको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सांस्कृतिक समाज नेपाल(सीएमपीडी नेपाल)लाई ५० हजार रुपैंयाँ प्रदान गरिएको थियो।

122 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

चन्द्रागिरि हिल्स, विशाल बजारलगायत ५१ कम्पनीको शेयर लगानी जोखिममा : धिताेपत्र बाेर्ड

२०७८ असार १ गते, मंगलवार
petrol

काठमाडौँमा पेट्रोलियम पदार्थको अभाव, अधिकांश पेट्रोल पम्प बन्द

२०७८ असार १ गते, मंगलवार

भारतमा कोरोना भ्याक्सिनका कारण पहिलो मृत्युको पुष्टि

२०७८ असार १ गते, मंगलवार

प्रहरीको फोटो खिच्दा प्रक्राउ परे शिवराम बोहजू

२०७८ असार १ गते, मंगलवार

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

‘नक्कली डीएसपी’ बन्ने फार्मेसी सञ्चालक पक्राउ

२०७८ असार १ गते, मंगलवार

उपत्यकामा आजदेखि निषेधाज्ञा केही खुकुलो, विहान ११ बजेसम्म पसल खुल्ला

२०७८ असार १ गते, मंगलवार

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

फिनल्याण्डको नगरपालिका चुनावमा नेपाली ब्योमा ताम्राकार निर्वाचित

२०७८ जेष्ठ ३१ गते, सोमबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal