ललिपुर मेयर कप : सुदूरपश्चिमको विजयी सुरुवात

२०७७ चैत्र २१ गते, शनिबार

ललितपुर – सुदूरपश्चिम प्रदेशले पहिलो संस्करणको ललितपुर मेयर कप महिला टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

शनिबार भएको खेलमा ललितपुर मेयर्स-११ लाई ७ विकेटले पराजित गर्दै सुदूरपश्चिमले सुखद सुरुवात गरेको हो ।

त्रिवि क्रिकेट मैदानमा ललितपुर मेयर्सले दिएको १ सय ८ रनको लक्ष्य सुदूरपश्चिमले १९ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो ।

सुदूरपश्चिमलाई जित दिलाउन मन्जु बोकाटीले ४१ रनको योगदान गरिन् । डोली भट्टले अविजित २२ रन बनाइन् । रेवती धामी १८ रनमा आउट हुँदा कविता जोशी १० रनमा अविजित रहिन् । ललितपुरकी सुमन खतिवडा र आरती विडारीले १/१ विकेट लिइन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७ रन बनाएको थियो । ललितपुरका लागि कन्चन श्रेष्ठले अर्धशतकीय इनिङ्स खेलिन् । अविजित रहेका कन्चनले ६३ रन बनाए । यस्तै सुमन खतिवडाले १६ रन जोड्दा अश्मिना कर्माचार्यले १३ रन जोडिन्।

प्रतियोगिताको विजेताले ३ लाख नगद पुरस्कार प्राप्त गर्नेछ । त्यस्तै उपविजेताले १ लाख ५० हजार पाउने क्यानले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार प्राप्त गर्दा उत्कृष्ट बलर र ब्याट्सवुमनले १५/१५ हजार पाउने छन् ।

81 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

चन्द्रागिरि हिल्स, विशाल बजारलगायत ५१ कम्पनीको शेयर लगानी जोखिममा : धिताेपत्र बाेर्ड

२०७८ असार १ गते, मंगलवार
petrol

काठमाडौँमा पेट्रोलियम पदार्थको अभाव, अधिकांश पेट्रोल पम्प बन्द

२०७८ असार १ गते, मंगलवार

भारतमा कोरोना भ्याक्सिनका कारण पहिलो मृत्युको पुष्टि

२०७८ असार १ गते, मंगलवार

प्रहरीको फोटो खिच्दा प्रक्राउ परे शिवराम बोहजू

२०७८ असार १ गते, मंगलवार

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

‘नक्कली डीएसपी’ बन्ने फार्मेसी सञ्चालक पक्राउ

२०७८ असार १ गते, मंगलवार

उपत्यकामा आजदेखि निषेधाज्ञा केही खुकुलो, विहान ११ बजेसम्म पसल खुल्ला

२०७८ असार १ गते, मंगलवार

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

फिनल्याण्डको नगरपालिका चुनावमा नेपाली ब्योमा ताम्राकार निर्वाचित

२०७८ जेष्ठ ३१ गते, सोमबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal