प्रधानमन्त्रीको राजीनामा माग्ने कांग्रेसको निर्णय , आफ्नै नेतृत्वमा सरकार बनाउने

२०७७ चैत्र २१ गते, शनिबार

काठमाडौँ– नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने निर्णय गरेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनु भयो । उहाँले सरकारले राजीनामा दिएपछिको अवस्थामा कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने निर्णय गरेको समेत जानकारी दिनु भयो ।

बैठकको एजेण्डाका विषयमा सहमति कायम नहुँदा केन्द्रीय समितिको बैठक बेलुका अबेरमात्रै शुरु भएको थियो ।

सरकारको राजीनामा माग्ने विषयलाई एजेण्डाका रुपमा राख्नुपर्ने माग उठेपछि शुक्रबार दिउँसो कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला, गगन थापा लगायतका नेताहरुको अनौपचारिक बैठक बसेको थियो । उक्त बैठकले प्रधानमन्त्री ओलीको राजीनामा माग्ने एजेण्डा केन्द्रीय समिति बैठकमा लैजाने सहमति गरेको थियो ।

यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’ले ओली सरकार विस्थापन गरेर नयाँ सरकार गठनका लागि पहल गर्न कांग्रेस सभापति शेरबहादुर देउवालाई आग्रह गर्दै आनु भएको थियो ।

अब कांग्रेस, जनता समाजवादी पार्टी र माओवादी केन्द्र मिलेर नयाँ सरकार गठनको प्रक्रिया शुरु हुनेछ । प्रतिनिधिसभाको बैठक आगामी २३ गतेका लागि बोलाइएको छ । त्यो बैठकअघि नै नयाँ सरकार गठनको प्रयास शुरु गर्ने कांग्रेसको तयारी छ।

46 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

फिनल्याण्डको नगरपालिका चुनावमा नेपाली ब्योमा ताम्राकार निर्वाचित

२०७८ जेष्ठ ३१ गते, सोमबार

‘विश्वकाे सबैभन्दा ठूलो परिवार’ का घरमुलीकाे निधन

२०७८ जेष्ठ ३१ गते, सोमबार

काठमाण्डौ उपत्यकामा २ देखि १२ दिन विराएर पानी वितरण हुने

२०७८ जेष्ठ ३१ गते, सोमबार

एक हप्ता थपियो निषेधाज्ञा, यी क्षेत्रमा खुकुलो

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौंमा स्कुटर बिजुलीको पोलमा ठोक्किएर एक जनाको मृत्यु

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ महानगरमा रोकिएको खोप कार्यक्रम भोलिदेखि शुरू

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ उपत्यकाको निषेधाज्ञा जेठ ३१ पछि पनि थप्न तयारी

२०७८ जेष्ठ २८ गते, शुक्रबार

असुरो के हो ,कस्ता रोगका लागि उपयुक्त हुन्छ?

२०७८ जेष्ठ २८ गते, शुक्रबार

काठमाडौंमा खोप कार्यक्रम स्थगित

२०७८ जेष्ठ २७ गते, बिहीबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal