स्वेच्छिक अवकाश लिने शिक्षकलाई ललितपुर महानगरले ३ लाख रुपैयाँसम्म दिने

२०७७ चैत्र १९ गते, बिहीबार

ललितपुर– ललितपुर महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित सामुदायिक विद्यालयमा कार्यरत ५० वर्ष उमेर पूरा गरेका र स्वेच्छिक अवकाश लिन चाहने शिक्षकलाई तीन लाख रुपैयाँसम्म दिने जनाएको छ ।

महानगरले विज्ञप्ति जारी गर्दै  सेवा अवधिको आधारमा सुविधा लिएर अवकाश लिन चाहने शिक्षकले अवकाश पाउने जनाएको हो ।

महानगरले उपलब्ध गराएको सेवामा अवकाश लिन इच्छुक शिक्षकले आवश्यक कागजातसहित ३० दिनभित्र महानगरको शिक्षा महाशाखामा निवेदन पेश गर्न सक्ने छन् ।

२०७८ साल साउन पश्चात १ वर्ष सेवा अवधि बाँकी रहेका शिक्षकहरुले अवकाश लिन चाहेमा महानगरले एक लाख रुपैयाँ उपलब्ध गराउने जनाएको छ । त्यस्तै २०७८ साउनसम्म २ वर्ष सेवा अवधि बाँकी रहेका शिक्षकलाई एक लाख ५० हजार, ३ वर्ष सेवा बाँकीलाई २ लाख, ४ वर्ष सेवा बाँकी रहेकालाई २ लाख ५० हजार र ५ देखि १० वर्ष सेवा अवधि बाँकी रहेका शिक्षकलाई रु ३ लाख रुपैयाँसम्म सुविधा दिने महानगरले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

अवकाश लिन चाहने शिक्षकले स्थायी नियुक्ति पत्रको प्रतिलिपि,नागरिकताको प्रतिलिपि र सम्बन्धित शिक्षकको निवेदन पेश गर्नुपर्ने छ ।


46 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

फिनल्याण्डको नगरपालिका चुनावमा नेपाली ब्योमा ताम्राकार निर्वाचित

२०७८ जेष्ठ ३१ गते, सोमबार

‘विश्वकाे सबैभन्दा ठूलो परिवार’ का घरमुलीकाे निधन

२०७८ जेष्ठ ३१ गते, सोमबार

काठमाण्डौ उपत्यकामा २ देखि १२ दिन विराएर पानी वितरण हुने

२०७८ जेष्ठ ३१ गते, सोमबार

एक हप्ता थपियो निषेधाज्ञा, यी क्षेत्रमा खुकुलो

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौंमा स्कुटर बिजुलीको पोलमा ठोक्किएर एक जनाको मृत्यु

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ महानगरमा रोकिएको खोप कार्यक्रम भोलिदेखि शुरू

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ उपत्यकाको निषेधाज्ञा जेठ ३१ पछि पनि थप्न तयारी

२०७८ जेष्ठ २८ गते, शुक्रबार

असुरो के हो ,कस्ता रोगका लागि उपयुक्त हुन्छ?

२०७८ जेष्ठ २८ गते, शुक्रबार

काठमाडौंमा खोप कार्यक्रम स्थगित

२०७८ जेष्ठ २७ गते, बिहीबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal