फर्पिङको १२ वर्षे नाच था: प्याखँ सुरू (फोटो फिचर)

२०७७ चैत्र १९ गते, बिहीबार

काठमाण्डौ – फर्पिङको १२ वर्षे नाच था: प्याखँ आजबाट सुरू भएको छ। १२ वर्षे नाच सुन्दर राजाका सुपुत्र राजकुमार र लालध्वज राजाकी सुपुत्री लक्ष्मी प्रेम मैयाँको प्रेमकथामा आधारित भएको स्थानीय विजयकुमार महर्जनले बताउनु भयो।

यस नाचमा राजकुमारलाई माहामाया महालक्ष्मीको बगैचामा बन्दी बनाउँदा सवालाख बत्ति बाल्ने दृश्य, महालक्ष्मीले राजकुमारलाई दर्शन दिँदा देवगण सबै उपस्थित भई दर्शन दिने दृश्य, राजकुमार र राजकुमारीको प्रेमालाप द्वाहा (गीत)गाउने दृश्य, राजकुमारको वियोगमा राजकुमारको माताको खोल खोय्(रोदन)को दृश्य समावेश गरिएको हुन्छ भने मुख्य आकर्षणको दृश्यको रूपमा बेताहा (बेताल) नाच्ने दृश्यलार्इ मानिन्छ। यस नाचमा ख्याःक, कवः, सिकारी, कनक चनक, ज्ञानेश्वर, बानेश्वर लगायतको पनि नाच समावेश गरिने उहाँले बताउनु भयो।

१२ वर्षे नाच था: प्याखँ ५ दिनसम्म साझँ ६ बजेदेखि राती १२ बजेसम्म संचालन हुनेछ भने नाच दक्षिणकाली नगरपालिकाको अगाडि झम्केश्वरीमा देखाइन्छ।

फोटोः विजयकुमार महर्जन

129 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

फिनल्याण्डको नगरपालिका चुनावमा नेपाली ब्योमा ताम्राकार निर्वाचित

२०७८ जेष्ठ ३१ गते, सोमबार

‘विश्वकाे सबैभन्दा ठूलो परिवार’ का घरमुलीकाे निधन

२०७८ जेष्ठ ३१ गते, सोमबार

काठमाण्डौ उपत्यकामा २ देखि १२ दिन विराएर पानी वितरण हुने

२०७८ जेष्ठ ३१ गते, सोमबार

एक हप्ता थपियो निषेधाज्ञा, यी क्षेत्रमा खुकुलो

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौंमा स्कुटर बिजुलीको पोलमा ठोक्किएर एक जनाको मृत्यु

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ महानगरमा रोकिएको खोप कार्यक्रम भोलिदेखि शुरू

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ उपत्यकाको निषेधाज्ञा जेठ ३१ पछि पनि थप्न तयारी

२०७८ जेष्ठ २८ गते, शुक्रबार

असुरो के हो ,कस्ता रोगका लागि उपयुक्त हुन्छ?

२०७८ जेष्ठ २८ गते, शुक्रबार

काठमाडौंमा खोप कार्यक्रम स्थगित

२०७८ जेष्ठ २७ गते, बिहीबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal