मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता

२०७७ चैत्र १८ गते, बुधबार

मकवानपुर – बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल अविश्वासको प्रस्तावको झटारोबाट जोगिने निश्चित भएको छ । प्रदेशका पूर्वमन्त्री एवं मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउनेमध्येका एक अरुण नेपालले मंगलवार प्रस्ताव फिर्ता लिनेसम्बन्धी सूचना प्रदेश सभा सचिवालयमा दर्ता गराएसंगै पौडेलमाथिको संकट टरेको हो ।

पौडेलविरुद्ध गत पुस १० गते ४५ प्रदेश सभा सदस्यको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव पेश गरिएको थियो। अष्टलक्ष्मी शाक्यलाई भावी मुख्यमन्त्री प्रस्ताव गर्दै पेश भएको अविश्वासको प्रस्ताव सर्वोच्चको फागुन २३ को फैसलाले बिथोलिदिएको थियो। त्यही कारण देखाउँदै प्रदेश सभा सदस्य अरुण नेपालले अविश्वासको प्रस्ताव फिर्ता लिन बाध्य भएको जनाएका छन्।

नयाँ परिस्थिति सिर्जना भएकोले प्रदेश सभा नियमावली, २०७४ (पहिलो संशोधनसहित) को नियम ६७ को उपनियम (१) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम हामीले उक्त अविश्वासको प्रस्ताव फिर्ता लिने सम्बन्धी सूचना यस सचिवालयमा दर्ता गर्दछौं, प्रदेश सभा सचिवालयमा नेपालले दर्ता गरेको सूचनामा भनिएको छ।

आजका लागि मुख्य मन्त्री पौडेलले संसदीय दलको बैठकसमेत बोलाउनु भएको छ। बैठकमा अविश्वासको प्रस्तावमाथि छलफल हुने बताइएको छ। माओवादी केन्द्रसंगको सल्लाहपछि अविश्वासको प्रस्ताव फिर्ता विधिवत रुपमा हुने प्रदेश सभा सदस्य प्रेम पुलामीले बताउनु भयो।

58 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

फिनल्याण्डको नगरपालिका चुनावमा नेपाली ब्योमा ताम्राकार निर्वाचित

२०७८ जेष्ठ ३१ गते, सोमबार

‘विश्वकाे सबैभन्दा ठूलो परिवार’ का घरमुलीकाे निधन

२०७८ जेष्ठ ३१ गते, सोमबार

काठमाण्डौ उपत्यकामा २ देखि १२ दिन विराएर पानी वितरण हुने

२०७८ जेष्ठ ३१ गते, सोमबार

एक हप्ता थपियो निषेधाज्ञा, यी क्षेत्रमा खुकुलो

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौंमा स्कुटर बिजुलीको पोलमा ठोक्किएर एक जनाको मृत्यु

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ महानगरमा रोकिएको खोप कार्यक्रम भोलिदेखि शुरू

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ उपत्यकाको निषेधाज्ञा जेठ ३१ पछि पनि थप्न तयारी

२०७८ जेष्ठ २८ गते, शुक्रबार

असुरो के हो ,कस्ता रोगका लागि उपयुक्त हुन्छ?

२०७८ जेष्ठ २८ गते, शुक्रबार

काठमाडौंमा खोप कार्यक्रम स्थगित

२०७८ जेष्ठ २७ गते, बिहीबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal