ललितपुर महानगरमा अपाङ्गतामैत्री सवारीसाधन सञ्चालन

२०७७ चैत्र १७ गते, मंगलवार

ललितपुर  ललितपुर महानगरपालिकाभित्र अपाङ्गतामैत्री सवारीसाधन सञ्चालनमा आएको छ ।

महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले मंगलबार स्वावलम्बन जीवन पद्धति केन्द्र ललितपुरका अध्यक्ष भोजराज श्रेष्ठलाई बहुअपाङ्गता भएका व्यक्तिको हितमा एक क्याब व्यवस्था गरिदिएर सोको साँचो हस्तान्तरण गर्नु भयो ।

सो सवारीसाधन दैनिक सञ्चालन गर्न चाहिने एक चालक, इन्धन, सवारी बीमा, ब्लु बुक नविकरण आदिका खर्च महानगरपालिकाले सबै व्यहोर्ने महर्जनले जानकारी गराउनु भयो।

स्वावलम्बन जीवन पद्धति केन्द्र ललितपुरका अध्यक्ष श्रेष्ठले सो अपाङ्गतामैत्री सवारी साधन अर्थात क्याब महानगरपालिकाभित्र रातो र निलो अपाङ्गता परिचयपत्र प्राप्त व्यक्तिका जुनसुकै आवश्यक काम पर्दा लान र लैजान प्रयोग गरिने बताउनु भयो।

सो सवारीसाधन नेपालमा पहिलो पटक भित्रिएको र यसको खरिदका लागि महानगरपालिकाले रु २० लाख, केन्द्र ललितपुरले रु तीन लाख ५० हजार र इरुका इन्डिपेन्डेन्ट लिभिङ्गले रु १६ लाख ७५ हजार रकम खर्च गरेका ललितपुर महानगरले जनाएको छ।

58 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

फिनल्याण्डको नगरपालिका चुनावमा नेपाली ब्योमा ताम्राकार निर्वाचित

२०७८ जेष्ठ ३१ गते, सोमबार

‘विश्वकाे सबैभन्दा ठूलो परिवार’ का घरमुलीकाे निधन

२०७८ जेष्ठ ३१ गते, सोमबार

काठमाण्डौ उपत्यकामा २ देखि १२ दिन विराएर पानी वितरण हुने

२०७८ जेष्ठ ३१ गते, सोमबार

एक हप्ता थपियो निषेधाज्ञा, यी क्षेत्रमा खुकुलो

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौंमा स्कुटर बिजुलीको पोलमा ठोक्किएर एक जनाको मृत्यु

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ महानगरमा रोकिएको खोप कार्यक्रम भोलिदेखि शुरू

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ उपत्यकाको निषेधाज्ञा जेठ ३१ पछि पनि थप्न तयारी

२०७८ जेष्ठ २८ गते, शुक्रबार

असुरो के हो ,कस्ता रोगका लागि उपयुक्त हुन्छ?

२०७८ जेष्ठ २८ गते, शुक्रबार

काठमाडौंमा खोप कार्यक्रम स्थगित

२०७८ जेष्ठ २७ गते, बिहीबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal