थ्री नेसन्स कप फुटबलको उपाधि नेपालले जित्यो

२०७७ चैत्र १६ गते, सोमबार

काठमाण्डाै – नेपालले त्रिदेशीय फुटबल कपकाे उपाधि जितेकाे छ । त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे फाइनल खेलमा नेपालले बङ्गलादेशलाई दुई–एक ले हराउँदै च्याम्पियन बनेकाे हाे ।  

नेपालका लागि लागि खेलकाे १८ औँ मिनेटमा सन्जाेक राईले र ४२ औँ मिनेटमा विशाल राईले गाेल गरे । पहिलाे हाफमा नेपालले दुई–शून्यकाे अग्रता बनाए पनि दाेस्राे हाफमा बङ्गलादेशले एक गाेल गरेकाे हाे । बङ्गलादेशले खेलकाे ८३ औँ मिनेटमा गाेल फर्काएकाे हाे।  

याे जितसँगै नेपालले ३७ वर्षपछि घरेलु मैदानमा उपाधि जितेकाे हाे । यसअघि नेपालले घरेलु मैदानमा सन् १९८४ मा दक्षिण एसियाली खेलकुद महासङ्घ (साग) मा बङ्गलादेशलाई हराएको थियो।

लिग चरणमा नेपालले किर्गिस्तानको ओलम्पिक टोली र बङ्गलादेशसँग गोलरहित बराबरी खेल्दै लिगमा दोस्रो स्थान बनाउँदै फाइनलमा ठाउँ बनाएको थियो । बङ्गलादेशले भने लिग चरणमा किर्गिस्तानको ओलम्पिक टोलीलाई एक–शून्यले हराउँदा नेपालसँग गोलरहित बराबरी खेलेको थियो।

आजको जीतसँगै नेपालको गोलविहीनताको खडेरी पनि तोडिएको छ । पछिल्ला सात खेलमा गोल गर्न नसकेको नेपालले आज दुई गोल गर्दै गोलको खडेरी तोडेको हो । १० सेप्टेम्बर २०१९ मा विश्वकप छनोटमा चाइनिज ताइपेइविरुद्धको खेलमा अन्जन विष्टले गोल गरेयता नेपालले पछिल्लो १८ महिनामा गोल गर्न सकेको थिएन। 

उपाधि जितेकाे नेपालले पाँच हजार अमेरिकी डलर प्राप्त गरेको छ । उपविजेता बनेकाे बङ्गलादेशले भने तीन हजार डलर प्राप्त गरेकाे छ। 

यही महिना आयाेजना हुने तय भएको विश्वकप छनोटका खेल स्थगित भएपछि एन्फाले विश्व कप छनोट तयारीलाई मध्यनजर गर्दै त्रिदेशीय कप फुटबल प्रतियाेगिताकाे आयोजना गरेको हो । 

यही खेलबाट राष्ट्रिय टिमका पूर्वकप्तान विराज महर्जनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएका छन् । अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिए पनि घरेलु फुटबल खेल्ने महर्जनले बताएका छन् । उनलाई खेल हेर्न पुग्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले गार्ड अफ अनर प्रदान गर्नुभएकाे छ । 

खेल अवधिभर मैदानमा बिताउनुभएका प्रधानमन्त्री ओलीले नेपालले गाेल गर्दा उठेर ताली बजाउँदै खेलाडीकाे हाैसला बढाउनुभएकाे थियाे ।   

112 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

फिनल्याण्डको नगरपालिका चुनावमा नेपाली ब्योमा ताम्राकार निर्वाचित

२०७८ जेष्ठ ३१ गते, सोमबार

‘विश्वकाे सबैभन्दा ठूलो परिवार’ का घरमुलीकाे निधन

२०७८ जेष्ठ ३१ गते, सोमबार

काठमाण्डौ उपत्यकामा २ देखि १२ दिन विराएर पानी वितरण हुने

२०७८ जेष्ठ ३१ गते, सोमबार

एक हप्ता थपियो निषेधाज्ञा, यी क्षेत्रमा खुकुलो

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौंमा स्कुटर बिजुलीको पोलमा ठोक्किएर एक जनाको मृत्यु

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ महानगरमा रोकिएको खोप कार्यक्रम भोलिदेखि शुरू

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ उपत्यकाको निषेधाज्ञा जेठ ३१ पछि पनि थप्न तयारी

२०७८ जेष्ठ २८ गते, शुक्रबार

असुरो के हो ,कस्ता रोगका लागि उपयुक्त हुन्छ?

२०७८ जेष्ठ २८ गते, शुक्रबार

काठमाडौंमा खोप कार्यक्रम स्थगित

२०७८ जेष्ठ २७ गते, बिहीबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal