सरोदबादक उस्ताद सुदर्शन राजोपाध्यायलाई भारतको जयरतन सम्मानबाट सम्मानित गरिने

२०७७ चैत्र १५ गते, आईतवार

नेपालका ख्याति प्राप्त सरोदवादक उस्ताद यसराज सुदर्शन राजोपाध्यायलाई भारतको जयरतन सम्मानबाट सम्मानित गरिने भएको छ। आउँदो अप्रिल १० मा जयपुरको प्रतापनगरस्थित निर्मला अडिटोरियमा  जयरतन सम्मान समारोह सम्मान २०२१ को आयोजनामा हुने कार्यक्रममा सरोदवादक राजोपाध्यायलाई उक्त सम्मान प्रदान गरिन लागेको हो।

यसभन्दा अघि पनि उहाँलाई भारतको ऑल इंडिया रियल फॉर कल्चरल एजुकेशन सोसायटी, गांधी पीस फाउंडेशन, नेपाल एवं युथ वर्ल्ड एण्ड सोशल मंच , राजस्थानको तत्वाधानमा इंदौरको विजय नगरस्थित मंगल सिटीमा भएको अन्तर्राष्ट्रिय सम्मेलनमा राष्ट्रिय रत्न अवार्ड एन्ड कन्फेरेशन २०२० बाट सम्मान गरिएको थियो भने २०१९ जुलाई १५ मा राजस्थानको जगतपुरामा रहेको सुरेश ज्ञान विहार विश्वविद्यालयमा भएको अन्तर्राष्टिय मैत्री सम्मेलनमा इन्टरनेशनल इण्डियन बेस्टिज अवार्डु २०१९ प्रदान गरिएको थियो । 

तीन दशक अघिदेखि सङ्गीत साधनामा लाग्नु भएका सरोदवादक राजोपाध्यायलाई सन् २०१३ मा भारतको पश्चिम बङ्गाल सरकारले सङ्गीत मञ्जरी उपाधि प्रदान गरेको थियो भने सन् २०१५ मा गुजरातमा सुरिल साँझका तर्फबाट स्वर्णपत्र प्रदान गरिएको थियो । 

नेपालको सन्दर्भमा उहाँले रेडियो नेपालबाट सन् २००२ मा भएको जिल्लाव्यापी सङ्गीत प्रतियोगितामा प्रथम पुरस्कार पाउनु भएको थियो भने शास्त्र सम्मान २०१८, सेभ दि नेशन अवार्ड लगायतका पुरस्कार तथा सम्मान पाउनु भएको छ। 

सरोदवादन बाहेक उहाँका नेपालीमा पलपल, पानीसरी, त्यो रात, नेपाल भाषामा नसला, हसना, छन्हुनिन्हू, छगू मतिना, शास्त्रीय सङ्गीततर्फ वनडे रागाज, सोलफूल म्युजिक फर मेडिटेशन र भारतबाट सुरिल म्युजिक इन २०१५ लगायतका सीडी तथा क्यासेटहरु प्रकाशित भएका छन्।

232 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

चन्द्रागिरि हिल्स, विशाल बजारलगायत ५१ कम्पनीको शेयर लगानी जोखिममा : धिताेपत्र बाेर्ड

२०७८ असार १ गते, मंगलवार
petrol

काठमाडौँमा पेट्रोलियम पदार्थको अभाव, अधिकांश पेट्रोल पम्प बन्द

२०७८ असार १ गते, मंगलवार

भारतमा कोरोना भ्याक्सिनका कारण पहिलो मृत्युको पुष्टि

२०७८ असार १ गते, मंगलवार

प्रहरीको फोटो खिच्दा प्रक्राउ परे शिवराम बोहजू

२०७८ असार १ गते, मंगलवार

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

‘नक्कली डीएसपी’ बन्ने फार्मेसी सञ्चालक पक्राउ

२०७८ असार १ गते, मंगलवार

उपत्यकामा आजदेखि निषेधाज्ञा केही खुकुलो, विहान ११ बजेसम्म पसल खुल्ला

२०७८ असार १ गते, मंगलवार

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

फिनल्याण्डको नगरपालिका चुनावमा नेपाली ब्योमा ताम्राकार निर्वाचित

२०७८ जेष्ठ ३१ गते, सोमबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal