पूर्वउद्योगमन्त्री तथा कांग्रेस नेता नवीन्द्र राज जोशीको निधन

२०७७ चैत्र १३ गते, शुक्रबार

काठमाडौँ  पूर्वउद्योगमन्त्री तथा नेपाली कांग्रेसका नेता नवीन्द्र राज जोशीको निधन भएको छ ।

काठमाडौँको नर्भिक अस्पतालमा उपचाररत नेता जोशीको शुक्रबार बेलुकी निधन भएको नेपाली कांग्रेसका नेता प्रकाशमान सिहंले सामाजिक संजालमार्फत जानकारी दिनु भएको हो।

गएको फागुन १४ गते मस्तिष्कघातका कारण उहाँलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो। शल्यक्रियापछि केही सुधार भएका जोशीको स्वास्थ्य पुनः गम्भीर भएपछि भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो ।

वि.सं. २०२० साल पुस २४ गते जन्मिएका स्वर्गीय जाेशीका श्रीमती र एक छाेरी छन् । गएको संसदीय निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ बाट जाेशी वामगठबन्धनका उम्मेदवार जीवनराम श्रेष्ठसंग पराजित हुनु भएको थियो । पहिलाे र दाेस्राे संविधानसभाकाे निर्वाचनमा भने जाेशी साेही क्षेत्रबाट निर्वाचित हुनु भएको थियो।

२०३६ सालकाे विद्यार्थी आन्दोलनबाट सक्रिय राजनीतिमा उदाएका जाेशी २२ वर्षको उमेरमै नेपाल विद्यार्थी संघको महामन्त्री बन्नु भएको थियो।

२०४९ सालकाे स्थानीय निर्वाचनमा कांग्रेसकातर्फबाट काठमाडौं महानगरपालिकाकाे उप मेयरमा निर्वाचित भएका जाेशी प्रचण्ड नेतृत्वको माओवादी-कांग्रेस गठबन्धन सरकारमा उद्योग मन्त्री हुनु भएको थियो।

स्वर्गीय जाेशी गणेशमान सिंह अध्ययन प्रतिष्ठानका अध्यक्ष समेत हुनुहुन्थ्यो।

76 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

फिनल्याण्डको नगरपालिका चुनावमा नेपाली ब्योमा ताम्राकार निर्वाचित

२०७८ जेष्ठ ३१ गते, सोमबार

‘विश्वकाे सबैभन्दा ठूलो परिवार’ का घरमुलीकाे निधन

२०७८ जेष्ठ ३१ गते, सोमबार

काठमाण्डौ उपत्यकामा २ देखि १२ दिन विराएर पानी वितरण हुने

२०७८ जेष्ठ ३१ गते, सोमबार

एक हप्ता थपियो निषेधाज्ञा, यी क्षेत्रमा खुकुलो

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौंमा स्कुटर बिजुलीको पोलमा ठोक्किएर एक जनाको मृत्यु

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ महानगरमा रोकिएको खोप कार्यक्रम भोलिदेखि शुरू

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ उपत्यकाको निषेधाज्ञा जेठ ३१ पछि पनि थप्न तयारी

२०७८ जेष्ठ २८ गते, शुक्रबार

असुरो के हो ,कस्ता रोगका लागि उपयुक्त हुन्छ?

२०७८ जेष्ठ २८ गते, शुक्रबार

काठमाडौंमा खोप कार्यक्रम स्थगित

२०७८ जेष्ठ २७ गते, बिहीबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal