भारतले रोक्यो कोरोना खोपको निर्यात

२०७७ चैत्र १२ गते, बिहीबार

भारतले अक्सफर्ड–आस्ट्राजेनेकाद्वारा उत्पादित कोरोनाविरुद्धको खोपको निर्यातमा अस्थायी रोक लगाएको छ। हालका लागि अक्सफर्ड र आस्ट्राजेनेकाले उत्पादन गरेका खोपको निर्यातमा अस्थायी रोक लगाएको भारतीय विदेशमन्त्रालयले जनाएको छ।

यो निर्णयअनुसार अब अन्य मुलुकहरुले भारतबाट कोरोनाविरुद्धको खोप पाउनमा बन्देज लाग्नेछ।

कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या बढिरहेकाले आउँदा साताहरूमा स्वदेशमै खोपको माग बढ्ने र खोप भारतमै आवश्यक पर्ने उनीहरूले बताएका हुन्। भारतको यो कदमले अप्रिलको अन्त्यसम्म आपूर्तिमा असर गर्ने ठानिएको छ।

यसले कोभ्याक्स योजनाअन्तर्गत रहेका करिब १९० राष्ट्रलाई असर गर्नसक्ने सम्भावना देखिएको छ।

विश्व स्वास्थ्य संगठनको नेतृत्वमा रहेको कोभ्याक्स योजनाले सबै देशहरूमा खोप निष्पक्षरूपमा बाँडियोस् भन्ने उद्देश्य राखेको छ।

भारतको सबैभन्दा ठूलो खोप निर्माता सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआइआइ) ले थुप्रै देशमा आस्ट्राजेनेका खोप पठाउने काममा ढिलाइ गरेको छ।

हालैका दिनमा त्यसको मारमा यूके र ब्राजिल पनि परेका छन्।

भारतले अहिलेसम्म ७६ देशमा गरी ६ करोड भन्दा बढी खोप निर्यात गरिसकेको छ । त्यसमध्ये अक्सफर्ड–आस्ट्राजेनेकाकै खोप बढी रहेको बिबिसीले जनाएको छ।

86 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

चन्द्रागिरि हिल्स, विशाल बजारलगायत ५१ कम्पनीको शेयर लगानी जोखिममा : धिताेपत्र बाेर्ड

२०७८ असार १ गते, मंगलवार
petrol

काठमाडौँमा पेट्रोलियम पदार्थको अभाव, अधिकांश पेट्रोल पम्प बन्द

२०७८ असार १ गते, मंगलवार

भारतमा कोरोना भ्याक्सिनका कारण पहिलो मृत्युको पुष्टि

२०७८ असार १ गते, मंगलवार

प्रहरीको फोटो खिच्दा प्रक्राउ परे शिवराम बोहजू

२०७८ असार १ गते, मंगलवार

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

‘नक्कली डीएसपी’ बन्ने फार्मेसी सञ्चालक पक्राउ

२०७८ असार १ गते, मंगलवार

उपत्यकामा आजदेखि निषेधाज्ञा केही खुकुलो, विहान ११ बजेसम्म पसल खुल्ला

२०७८ असार १ गते, मंगलवार

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

फिनल्याण्डको नगरपालिका चुनावमा नेपाली ब्योमा ताम्राकार निर्वाचित

२०७८ जेष्ठ ३१ गते, सोमबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal