रात्रिकालीन व्यवसाय सञ्चालन नगर्न ललितपुर प्रशासनको निर्देशन

२०७७ चैत्र ११ गते, बुधबार

ललितपुर – पछिल्लो केही दिनयता नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दै गएको भन्दै जिल्ला प्रशासन कार्यालय ललितपुरले कोरोना संक्रमण रोक्नका लागि अपनाइने मापदण्ड पालनमा कडाइ गर्ने भएको छ ।

बुधबार बसेको डीसीसीएमसी ललितपुरको बैठकले कोरोना संक्रमण बढ्न नदिन सेनिटाइजर, मास्क र सोसिएल डिस्टेन्स लगायतका मापदण्ड पालना गर्न कडाई गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिनु भयो ।

घर बाहिर निस्कँदा मास्क नलगाउनेलाई संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गर्ने निर्णय समेत भएको बस्नेतले बताउनु भयो ।

बस्नेतका अनुसार रात्रिकालीन व्यवसायहरु राति ११ बजेपछि सञ्चालनमा रोक लगाउने निर्णय भएको छ । व्यवसाय सञ्चालन गर्दा पनि भिडभाड नहुने र स्वास्थ्य तथा सुरक्षाका तोकिएका मापदण्डहरु पालना गर्नु पर्ने व्यवस्था मिलाउन प्रशासनले अनुरोध समेत गरेको छ ।

कोभिड–१९ को बढ्दो जोखिमलाई मध्यनजर राखी फागुपूर्णिमा (होली) को अवसरमा भिडभाड नगर्न समेत प्रशासनले भनेको छ ।

73 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

फिनल्याण्डको नगरपालिका चुनावमा नेपाली ब्योमा ताम्राकार निर्वाचित

२०७८ जेष्ठ ३१ गते, सोमबार

‘विश्वकाे सबैभन्दा ठूलो परिवार’ का घरमुलीकाे निधन

२०७८ जेष्ठ ३१ गते, सोमबार

काठमाण्डौ उपत्यकामा २ देखि १२ दिन विराएर पानी वितरण हुने

२०७८ जेष्ठ ३१ गते, सोमबार

एक हप्ता थपियो निषेधाज्ञा, यी क्षेत्रमा खुकुलो

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौंमा स्कुटर बिजुलीको पोलमा ठोक्किएर एक जनाको मृत्यु

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ महानगरमा रोकिएको खोप कार्यक्रम भोलिदेखि शुरू

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ उपत्यकाको निषेधाज्ञा जेठ ३१ पछि पनि थप्न तयारी

२०७८ जेष्ठ २८ गते, शुक्रबार

असुरो के हो ,कस्ता रोगका लागि उपयुक्त हुन्छ?

२०७८ जेष्ठ २८ गते, शुक्रबार

काठमाडौंमा खोप कार्यक्रम स्थगित

२०७८ जेष्ठ २७ गते, बिहीबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal