सिंगटी हाइड्रो इनर्जी लिमिटेडको (आइपिओ) बिक्री खुल्ला,कस्तो छ कम्पनी?

२०७७ चैत्र ६ गते, शुक्रबार

सिंगटी हाइड्रो इनर्जी लिमिटेडको प्राथमिक सेयर (आइपिओ) बिक्री खुल्ला भएको छ। कम्पनीले कर्मचारी तथा सामुहिक लगानी कोषका लागि छुट्याएपछि बाँकी कुल २६ लाख ९७ हजार कित्ता सेयर बिक्री गर्नका लागि आवेदन खोलेको छ।

इच्छुक आवेदकले कम्तीमा १० र बढीमा २ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। अंकित मूल्य १ सयमा निष्कासन हुने यो कम्पनीको आइपिओ चैत १० गतेसम्म आवेदन दिन सकिनेछ। 

मेरो सेयर र आफ्नो खाता रहेको आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाको जुनसुकै शाखाबाट आवेदन दिन सकिनेछ। सेयर बिक्री प्रवन्धकका रुपमा मेगा क्यापिटल रहेको छ। 

कस्तो छ कम्पनी?
दोलखाको कालिन्चोक गाउँपालिकामा कम्पनीले सिंगटी हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ। समग्रमा आयोजनाको ९९ प्रतिशत काम सम्पन्न भइसकेको कम्पनीको दावी छ। 

कुल २५ मेगावाट क्षमताको यस आयोजनाको प्रतिमेगावाट लागत २२ करोड छ। कुल ५ अर्ब ५० करोड रुपैयाँ लागत लाग्ने अनुमान छ।

७० प्रतिशत सेयर संस्थापक समूहको छ भने १० प्रतिशत आयोजना प्रभावित स्थानीयका लागि र बाँकी २० प्रतिशत सेयर सर्वसाधारणका लागि जारी हुन लागेको हो। कम्पनीको हाल चुक्ता पुँजी १ अर्ब १ करोड छ। 

केयर नेपालले कम्पनीको आइपिओलाई बीबी माइनसको रेटिङ प्रदान गरेको छ। यसले दायित्व पुरा गर्न कम्पनी मध्यम अवस्था रहेको संकेत गर्छ। 

गत पुसमै आयोजना सम्पन्न गर्ने लक्ष्य राखेकोमा विद्युत गृह परीक्षणको काम बाँकी रहेको कम्पनीले जनाएको छ। आर्थिक वर्ष २०७७/७८ मा कम्पनीको प्रतिसेयर आम्दानी ८ रुपैयाँ रहने प्रक्षेपण छ। 

66 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

फिनल्याण्डको नगरपालिका चुनावमा नेपाली ब्योमा ताम्राकार निर्वाचित

२०७८ जेष्ठ ३१ गते, सोमबार

‘विश्वकाे सबैभन्दा ठूलो परिवार’ का घरमुलीकाे निधन

२०७८ जेष्ठ ३१ गते, सोमबार

काठमाण्डौ उपत्यकामा २ देखि १२ दिन विराएर पानी वितरण हुने

२०७८ जेष्ठ ३१ गते, सोमबार

एक हप्ता थपियो निषेधाज्ञा, यी क्षेत्रमा खुकुलो

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौंमा स्कुटर बिजुलीको पोलमा ठोक्किएर एक जनाको मृत्यु

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ महानगरमा रोकिएको खोप कार्यक्रम भोलिदेखि शुरू

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ उपत्यकाको निषेधाज्ञा जेठ ३१ पछि पनि थप्न तयारी

२०७८ जेष्ठ २८ गते, शुक्रबार

असुरो के हो ,कस्ता रोगका लागि उपयुक्त हुन्छ?

२०७८ जेष्ठ २८ गते, शुक्रबार

काठमाडौंमा खोप कार्यक्रम स्थगित

२०७८ जेष्ठ २७ गते, बिहीबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal