सर्वदलीय बैठकमा आफ्नो बंगलादेश भ्रमणबारे राष्ट्रपतिद्वारा जानकारी

२०७७ चैत्र ३ गते, मंगलवार

काठमाडौ– राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेको सर्वदलीय बैठक सकिएको छ । राष्ट्रपति निवास शीतल निवासमा बसेको सर्वदलीय बैठकमा राष्ट्रपति भण्डारीले आफ्नो बंगलादेश भ्रमणका विषयमा जानकारी गराउनु भएको छ ।

सर्वदलीय बैठकमा संसद विघटनका विषयमा समेत कुरा उठेको नेमकिपा सांसद् प्रेम सुवालले बताउनु भयो । उहाँका अनुसार प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटनबारे कुरा उठाउनु भएको थियो।

दलका नेताहरूले प्रतिनिधिसभा विघटनमा राष्ट्रपतिको भूमिकामाथि पनि प्रश्न उठाएपछि राष्ट्रपति भण्डारीले आफूले संविधानको अक्षरशः पालना गरेको जवाफ दिएको सुवालले बताउनु भयो।

राष्ट्रपति भण्डारीले आफ्नो बंगलादेश भ्रमणका बारेमा बैठकमा जानकारी गराएको जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिनु भयो।

बैठकमा पूर्व प्रधानमन्त्रीहरु र संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरु सहभागी भएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, अर्थमन्त्री विष्णु पौडेल, नेपाली कांग्रेसबाट सभापति शेरबहादुर देउवा, महामन्त्री शशांक कोइराला, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि लगायत सहभागी हुनु भएको थियो।

यसैगरी नेकपा (माओवादी केन्द्र )का अध्यक्ष पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ र देवप्रसाद गुरुङ सहभागी हुनु भएको थियो ।

जनता समाजवादी पार्टी (जसपा)बाट अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो सहभागी हुनु भएको थियो । त्यसैगरी नेमकिपाबाट प्रेम सुवाल र राप्रपाबाट डा. प्रकाशचन्द्र लोहनी सहभागी हुनु भएको थियो । बैठकमा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल भने अनुपस्थित भएका थिए।

राष्ट्रपति भण्डारी यही चैत ९ गते मित्र राष्ट्र बंगलादेशको राजकीय भ्रमणमा जाँदै हुनुहुन्छ। परराष्ट्र मन्त्रालयले समेत राष्ट्रपति भण्डारीको दुई दिने राजकीय भ्रमणको कार्य तालिका सार्वजनिक गरिसकेको छ ।

125 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

फिनल्याण्डको नगरपालिका चुनावमा नेपाली ब्योमा ताम्राकार निर्वाचित

२०७८ जेष्ठ ३१ गते, सोमबार

‘विश्वकाे सबैभन्दा ठूलो परिवार’ का घरमुलीकाे निधन

२०७८ जेष्ठ ३१ गते, सोमबार

काठमाण्डौ उपत्यकामा २ देखि १२ दिन विराएर पानी वितरण हुने

२०७८ जेष्ठ ३१ गते, सोमबार

एक हप्ता थपियो निषेधाज्ञा, यी क्षेत्रमा खुकुलो

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौंमा स्कुटर बिजुलीको पोलमा ठोक्किएर एक जनाको मृत्यु

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ महानगरमा रोकिएको खोप कार्यक्रम भोलिदेखि शुरू

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ उपत्यकाको निषेधाज्ञा जेठ ३१ पछि पनि थप्न तयारी

२०७८ जेष्ठ २८ गते, शुक्रबार

असुरो के हो ,कस्ता रोगका लागि उपयुक्त हुन्छ?

२०७८ जेष्ठ २८ गते, शुक्रबार

काठमाडौंमा खोप कार्यक्रम स्थगित

२०७८ जेष्ठ २७ गते, बिहीबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal