कोरोनाबाट विदेशमा नेपालीको मृत्यु शून्य

२०७७ चैत्र १ गते, आईतवार
corona

कोभिड–१९ को सङ्क्रमणका कारण विदेशमा नेपालीको निधन हुनेको सङ्ख्या शून्यमा झरेको छ। पछिल्लो छ सातायता पहिलो पटक विदेशमा सङ्क्रमणका कारण हुने मृत्यु शून्य भएको हो । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का अनुसार गत वर्षदेखि विश्वव्यापीरुपमा फैलियो कोरोना भाइरस सङ्क्रमणका कारण गत सातासम्ममा २१ देशमा रहेका ३४१ नेपालीको निधन भएको थियो।

गैरआवासीय नेपाली सङ्घ, स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार यस साता कोरोना सङ्क्रमण दरमा समेत उल्लेख्यरुपमा कमी आएको छ । यस साता स्वीडेन, स्पेन, केन्या, युएइमा रहेका थप नेपालीमा थप कोरोना सङ्क्रमण देखिएको छ ।

उहाँका अनुसार हालसम्म ५३ देशमा ६३ हजार ३०७ नेपालीमा कोरोना पुष्टि भएको छ । तीमध्ये ६१ हजार २३७ सङ्क्रमण मुक्त भएका छन् । कोरोनाका कारण नेपालमा तीन हजार १४ जनाको निधन भएको छ । नेपालमा कोरोनाबाट सङ्क्रमण हुनेको सङ्ख्या दुई लाख ७५ हजार १७८ जना भने दुई लाख ७१ हजार २४९ कोरोनाबाट मुक्त भएका छन् । सङ्क्रमणमुक्त हुने दर ९८ दशमलव ६ प्रतिशत छ ।

ढुक्क भएर खोप लगाऔँ
समितिका संयोजक डा सापकोटाका अनुसार हाल विश्वभर प्रयोगमा रहेका खोप सुरक्षित रहेकाले ढुक्क भएर खोप लगाउन आग्रह गर्नुभएको छ । उहाँले केही अपवादबाहेक खोप प्रयोगबाट गम्भीर समस्या नदेखिएकाले खोप लगाउन आह्वान समेत गर्नुभयो।

144 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

फिनल्याण्डको नगरपालिका चुनावमा नेपाली ब्योमा ताम्राकार निर्वाचित

२०७८ जेष्ठ ३१ गते, सोमबार

‘विश्वकाे सबैभन्दा ठूलो परिवार’ का घरमुलीकाे निधन

२०७८ जेष्ठ ३१ गते, सोमबार

काठमाण्डौ उपत्यकामा २ देखि १२ दिन विराएर पानी वितरण हुने

२०७८ जेष्ठ ३१ गते, सोमबार

एक हप्ता थपियो निषेधाज्ञा, यी क्षेत्रमा खुकुलो

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौंमा स्कुटर बिजुलीको पोलमा ठोक्किएर एक जनाको मृत्यु

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ महानगरमा रोकिएको खोप कार्यक्रम भोलिदेखि शुरू

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ उपत्यकाको निषेधाज्ञा जेठ ३१ पछि पनि थप्न तयारी

२०७८ जेष्ठ २८ गते, शुक्रबार

असुरो के हो ,कस्ता रोगका लागि उपयुक्त हुन्छ?

२०७८ जेष्ठ २८ गते, शुक्रबार

काठमाडौंमा खोप कार्यक्रम स्थगित

२०७८ जेष्ठ २७ गते, बिहीबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal