एमालेभित्रको विवाद चरमोत्कर्षमा, नेपाल समूह जिम्मेवारीविहिन

२०७७ फाल्गुन २८ गते, शुक्रबार

काठमाडौं – सर्वोच्च अदालतले नेकपा खारेज गरेपछि ब्युँतिएको नेकपा एमालेभित्रको विवाद झन चरमोत्कर्षमा पुगेको छ । एमालेमा ओली समुहले एकलौटी निर्णय गर्दै माधव नेपाल पक्षधरहरुको जिम्मेवारी खोसेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ओली निकट केन्द्रीय सदस्यहरुको भेलाले माधवकुमार नेपालसहित नेपाल पक्षीय सबै नेताहरुको जिम्मेवारी खोसेको हो ।

बैठकले महासचिव बाहेक सबै पदाधिकारी खारेज गर्दै नेपाल निकट नेताहरुको जिम्मेबारी खोसेको हो । ओली पक्षले माओवादी केन्द्रबाट ओलीसँगै लागेका रामबहादुर थापासहित २३ जना नेताहरुलाई केन्द्रीय सदस्यमा मनोनित समेत गरेको छ । बैठकले २०७५ जेठ ३ अघिसम्म माधव नेपालले सम्हाल्दै आएको विदेश विभागको जिम्मेवारी खोसेर प्रधानमन्त्रीका विदेश मामिल्ला सल्लाहकार राजन भट्टराईलाई दिएको छ।

यसैगरी बागमती प्रदेश इन्चार्जमा अष्टलक्ष्मी शाक्यको ठाउँमा माओवादीबाट आएका रामबहादुर थापालाई जिम्मेवारी दिइएको छ । सुदुरपश्चिम इन्चार्जबाट भीम रावललाई हटाएर लेखराज भट्टराई नै जिम्मेवारी दिएको छ । माओवादी केन्द्रबाट ओली पक्षमा लागेको भट्टलाई ओलीले पुष ५ गतेपछि आफु नेतृत्वको नेकपाको पनि सुदुरपश्चिम इन्चार्ज तोकेका थिए ।

कर्णाली प्रदेश इन्चार्जमा युवराज ज्ञवालीलाई हटाएर यमलाल कँडेललाई जिम्मेवारी दिइएको छ । यस्तै प्रदेश १ को जिम्मेवारी सुवास नेम्वाङलाई दिइएको छ । यसअघि माधव नेपाल निकट भीम आचार्य प्रदेश इन्चार्ज थिए । पार्टीको प्रवक्तामा योगेश भट्टराईको ठाउँमा प्रदीप ज्ञवालीलाई तोकिएको छ ।

बैठकमा एमाले अध्यक्ष ओलीले २०७८ मंसिर २ देखि ६ गतेसम्म महाधिवेशन गर्ने जनाएका छन् ।

99 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

फिनल्याण्डको नगरपालिका चुनावमा नेपाली ब्योमा ताम्राकार निर्वाचित

२०७८ जेष्ठ ३१ गते, सोमबार

‘विश्वकाे सबैभन्दा ठूलो परिवार’ का घरमुलीकाे निधन

२०७८ जेष्ठ ३१ गते, सोमबार

काठमाण्डौ उपत्यकामा २ देखि १२ दिन विराएर पानी वितरण हुने

२०७८ जेष्ठ ३१ गते, सोमबार

एक हप्ता थपियो निषेधाज्ञा, यी क्षेत्रमा खुकुलो

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौंमा स्कुटर बिजुलीको पोलमा ठोक्किएर एक जनाको मृत्यु

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ महानगरमा रोकिएको खोप कार्यक्रम भोलिदेखि शुरू

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ उपत्यकाको निषेधाज्ञा जेठ ३१ पछि पनि थप्न तयारी

२०७८ जेष्ठ २८ गते, शुक्रबार

असुरो के हो ,कस्ता रोगका लागि उपयुक्त हुन्छ?

२०७८ जेष्ठ २८ गते, शुक्रबार

काठमाडौंमा खोप कार्यक्रम स्थगित

२०७८ जेष्ठ २७ गते, बिहीबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal