अमेरिकामा नेपाली ड्राइभरमाथि दुर्व्यवहार गर्ने महिला पक्राउ

२०७७ फाल्गुन २८ गते, शुक्रबार

अमेरिकामा नेपाल अनलाइन ट्याक्सी चालकलाई दुर्व्यवहार गर्ने एक महिला पक्राउ परेकी छिन् । अमेरिकाको सन्फ्रान्सिस्कोमा अनलाइन ट्याक्सी सेवा उबरका नेपाली चालक सुभाकर खड्कामाथि दुर्व्यवहार गर्ने २४ वर्षीया मलेसिया किङ नाम गरेकी महिला पक्राउ परेकी हुन् ।

उबरका चालक खड्काले गत आइतबार ट्याक्सीमा चढ्ने क्रममा महिलालाई मास्क लगाउन आग्रह गरेको प्रहरीको भनाई छ । यो दुर्व्यवहारबारे सार्वजनिक भएको भिडियोमा महिलाले मास्क लगाउन आग्रह गरेको भन्दै खड्काको मुखमा आएर पटकपटक खोकेकी थिइन् । साथै उनले चालक खड्काको मोबाइल खोस्ने प्रयाससमेत गरेकी थिइन् र उनले लगाएको मास्क खोलिदिएकी थिइन् ।

उबरको नियमअनुसार ट्याक्सी चढ्ने सबैले मास्क अनिवार्यरुपमा लगाउनुपर्छ । आइतबार तीन जना महिला ट्याक्सीमा चढेका थिए । जसमध्ये अरु दुईजनाले मास्क लगाएका थिए तर एक महिलाले भने मास्क लगाएकी थिइनन् । खड्काले नियमअनुसार मास्क लगाउन सम्झाएको चालक खड्को भनाई छ । उनले मास्क आफूसँग नभएको बताएपछि उनले मास्क किन्न ट्याक्सी ग्यास स्टेसन (पेट्रोल पम्प) तर्फ मोडे । ग्यास स्टेसन नपुग्दै उनीहरुले खड्कामाथि दुर्व्यवहार गरे ।

प्रहरीले चालक खड्काले मास्क नलगाई ट्याक्सीमा राख्न नसक्ने बताएसँगै उनीहरुले हिँड्ने बेलामा खड्काको आँखामा पोल्ने खालको रसायन पनि छर्किएको अन्तर्राष्ट्रिय समाचार एजेन्सी एपीले बताएको छ ।

खड्काले यस विषयमा सन्फ्रान्सिस्को प्रहरीमा उजुरी दिएका थिए । उनले आफू एसियाली मूलको भएकै कारण महिलाले आफूमाथि दुर्व्यवहार गरेको बताएका थिए । उनले आफूले उनीहरुलाई केही नराम्रो नभनेको भए पनि उनीहरुले दुर्व्यवहार गरेको उल्लेख गरे । उनले आफू नराम्रो भन्ने र गाली गलौज गर्ने संस्कारको मान्छे नभएको स्पष्ट पारेका थिए । खड्का आठ वर्षअघि अमेरिका गएका थिए ।

106 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

चन्द्रागिरि हिल्स, विशाल बजारलगायत ५१ कम्पनीको शेयर लगानी जोखिममा : धिताेपत्र बाेर्ड

२०७८ असार १ गते, मंगलवार
petrol

काठमाडौँमा पेट्रोलियम पदार्थको अभाव, अधिकांश पेट्रोल पम्प बन्द

२०७८ असार १ गते, मंगलवार

भारतमा कोरोना भ्याक्सिनका कारण पहिलो मृत्युको पुष्टि

२०७८ असार १ गते, मंगलवार

प्रहरीको फोटो खिच्दा प्रक्राउ परे शिवराम बोहजू

२०७८ असार १ गते, मंगलवार

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

‘नक्कली डीएसपी’ बन्ने फार्मेसी सञ्चालक पक्राउ

२०७८ असार १ गते, मंगलवार

उपत्यकामा आजदेखि निषेधाज्ञा केही खुकुलो, विहान ११ बजेसम्म पसल खुल्ला

२०७८ असार १ गते, मंगलवार

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

फिनल्याण्डको नगरपालिका चुनावमा नेपाली ब्योमा ताम्राकार निर्वाचित

२०७८ जेष्ठ ३१ गते, सोमबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal