माधव नेपाल पक्षको स्थायी कमिटीमा एमाले पुनः संरचनाको चर्चा

२०७७ फाल्गुन २७ गते, बिहीबार

काठमाडौं – नेकपा एमाले माधवकुमार नेपाल पक्षका स्थायी कमिटी सदस्यहरुको बैठक सकिएको छ । एमालेको पुनः संरचनाबारे छलफल गर्न बसेको नेपाल पक्ष अब कसरी अघि बढ्ने भन्ने रणनीति बनाउन जुटेका छन् । फागुन २३ गते सर्वोच्च अदालतले नेकपा खारेज गर्दै एमाले र माओवादी केन्द्र व्यूँताइदिएपछि एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेताहरु झलनाथ खनाल–माधवकुमार नेपालबीच भेट भएको छैन ।

नेपाल पक्षको बुधबार बसेको केन्द्रीय कमिटीको बैठक लगत्तै स्थायी कमिटीको बैठक बसेको हो । नेकपा एमालेको स्थायी कमिटीमा भने नेपाल पक्षको बहुमत छ । नेपाल पक्षका १२ स्थायी कमिटी सदस्य छन् । नेपाल पक्षमा झलनाथ खनाल र नेपाल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, भीम आचार्य, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, वेदुराम भुसाल र रघुजी पन्त छन् ।

ओलीसँग ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, प्रदीपकुमार ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, किरण गुरुङ, छविलाल विश्वकर्मा, शंकर पोखरेल, विष्णु रिमाल र रघुवीर महासेठ छन् । माओवादीसँग एकता भएपछि ओली तर्फबाट विष्णु रिमाल र रघुवीर महासेठ तथा नेपाल तर्फबाट वेदुराम भुसाल र रघुजी पन्त थपिएका थिए । वामदेव गौतम तटस्थ रहेको र विद्यादेवी भण्डारी राष्ट्रपति रहेकाले अध्यक्ष केपी शर्मा ओली स्थायी कमिटीमा अल्पमतमा छन् ।

102 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

फिनल्याण्डको नगरपालिका चुनावमा नेपाली ब्योमा ताम्राकार निर्वाचित

२०७८ जेष्ठ ३१ गते, सोमबार

‘विश्वकाे सबैभन्दा ठूलो परिवार’ का घरमुलीकाे निधन

२०७८ जेष्ठ ३१ गते, सोमबार

काठमाण्डौ उपत्यकामा २ देखि १२ दिन विराएर पानी वितरण हुने

२०७८ जेष्ठ ३१ गते, सोमबार

एक हप्ता थपियो निषेधाज्ञा, यी क्षेत्रमा खुकुलो

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौंमा स्कुटर बिजुलीको पोलमा ठोक्किएर एक जनाको मृत्यु

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ महानगरमा रोकिएको खोप कार्यक्रम भोलिदेखि शुरू

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ उपत्यकाको निषेधाज्ञा जेठ ३१ पछि पनि थप्न तयारी

२०७८ जेष्ठ २८ गते, शुक्रबार

असुरो के हो ,कस्ता रोगका लागि उपयुक्त हुन्छ?

२०७८ जेष्ठ २८ गते, शुक्रबार

काठमाडौंमा खोप कार्यक्रम स्थगित

२०७८ जेष्ठ २७ गते, बिहीबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal