पशुपतिनाथ मन्दिरमा अहिलेसम्म ८ लाखभन्दा धेरैले पूजाआजा गरे

२०७७ फाल्गुन २७ गते, बिहीबार

काठमाडौं –  आज महाशिवरात्रि पर्वका अवसरमा भगवान शिवको पूजाआजाको लागि देशभरका शिवालयमा भक्तजनको दिनभरजसो भीड लागेको थियो ।

काठमाण्डौको पशुपतिनाथ मन्दिरमा बिहानैदेखि अहिलेसम्म भक्तजनको भीड लागिरहेको छ । अहिलेसम्म पशुपतिनाथ मन्दिरमा ८ लाखभन्दा धेरै भक्तजनहरुले दर्शन तथा पूजाआजा गरेका पशुपति क्षेत्र विकास कोषले जनाएको छ । आज राति १२ बजेसम्म नै दर्शनार्थीका लागि मन्दिर खुला गरिने कोषले जनाएको छ ।

आज राति १२ बजेसम्म दर्शन गर्ने दर्शनार्थीको संख्या १० लाखसम्म पुग्ने अनुमान कोषले गरेको छ । पर्वको अवसरमा ३० लाख भक्तजनहरु पशुपति क्षेत्र पुगेको कोषका कार्यकारी निर्देशक डाक्टर घनश्याम खतिवडाले जानकारी दिनुभयो । 

भक्तजनले लाइन बसेको आधा घण्टाभित्रै दर्शन गर्न पाउने व्यवस्था गरिएकाले भक्तजनले सहज रुपमा मन्दिर दर्शन गरेको निर्देशक खतिवडाले बताउनुभयो । कोरोनाको जोखिम कायमै रहे पनि भक्तजन मास्कलगायत जनस्वास्थ्यको मापदण्ड अपनाएर दर्शन एवं पूजा आराधनाका लागि शिवालयमा गएका हुन् । 

93 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

फिनल्याण्डको नगरपालिका चुनावमा नेपाली ब्योमा ताम्राकार निर्वाचित

२०७८ जेष्ठ ३१ गते, सोमबार

‘विश्वकाे सबैभन्दा ठूलो परिवार’ का घरमुलीकाे निधन

२०७८ जेष्ठ ३१ गते, सोमबार

काठमाण्डौ उपत्यकामा २ देखि १२ दिन विराएर पानी वितरण हुने

२०७८ जेष्ठ ३१ गते, सोमबार

एक हप्ता थपियो निषेधाज्ञा, यी क्षेत्रमा खुकुलो

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौंमा स्कुटर बिजुलीको पोलमा ठोक्किएर एक जनाको मृत्यु

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ महानगरमा रोकिएको खोप कार्यक्रम भोलिदेखि शुरू

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ उपत्यकाको निषेधाज्ञा जेठ ३१ पछि पनि थप्न तयारी

२०७८ जेष्ठ २८ गते, शुक्रबार

असुरो के हो ,कस्ता रोगका लागि उपयुक्त हुन्छ?

२०७८ जेष्ठ २८ गते, शुक्रबार

काठमाडौंमा खोप कार्यक्रम स्थगित

२०७८ जेष्ठ २७ गते, बिहीबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal