शिवरात्रीका दिनको लागि काठमाडौंको सवारी रुट

२०७७ फाल्गुन २६ गते, बुधबार

काठमाडौं – यस बर्षको शिवरात्रि पर्व बिहीबार परेको छ। हिन्दु धर्मावलम्बीहरुका आराध्यदेव पशुपतिनाथको पूजा गर्न देशविदेशबाट लाखौं भक्तजन काठमाडौं आउँछन् ।

भक्तजनहरु काठमाडौं आउँदा पशुपतिनाथ मन्दिर वरिपरिको क्षेत्रमा भक्तजनहरुको अत्यधिक चाप बढ्ने अवस्थाको मध्यनजर गर्दै काठमाडौंको यातायात ब्यवस्थापनका लागि रुट निर्धारण गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले रुट ब्यवस्थापन गरेको हो ।

शिवरात्रिका दिन चक्रपथमा चल्ने यातायात सेवा सुचारु राख्ने निर्णय महाशाखाले गरेको छ । यद्यपि दर्शनार्थीको चाप बढी भई यातायात प्रभावित हुने देखिएमा गौशाला क्षेत्रमा सवारी आवागमन निषेध गर्ने महाशाखाले जनाएको छ ।

चाबहिल, पुरानो बानेश्वर, ज्ञानेश्वर मैतीदेवी मोडबाट, रातोपुल हुँदै गौशालातर्फ जाने यातायात सेवा निषेध गरिने छ ।

त्यसैगरी द्वारिका होटलको उत्तरतर्फको शाखा मार्ग, सिफल चौरबाट जयबागेश्वरीतर्फ, लामापोखरी कुटुबहादलबाट मित्रपार्क, गौरीघाटबाट उमाकुण्ड तथा मित्रपार्क, तिलगंगाबाट गौशालातर्फ पनि गाडी चलाउन निषेध गरिने ट्रफिक प्रहरी महाशाखाले जनाएको छ ।

त्यसैगरी मालबाहक सवारी साधनहरु तिनकुनेबाट सिनामंगल, तिलगंगातर्फ, जोरपाटी नारायणटारबाट करिडोर हुँदै आउने मालवाहक सवारी साधनहरु गौरीघाटतर्फ, सिनामंगल पुलबाट करिडोर हुँदै होटल महाराजा निस्किने सडकतर्फ र जोरपाटी बौद्धतर्फबाट आउने मालवाहक सवारी साधन चुच्चेपाटीबाट चाबहिलतर्फ आउन पनि निषेध गरिने ट्राफिक प्रहरीले जनाएको छ ।

दर्शनार्थी र तिर्थयात्रीहरुका लागि सिफलचौर र तिलगंगामा पार्किङको व्यवस्था मिलाइएको छ ।

त्यसैगरी देवउद्यानस्थित पशुपति क्षेत्र विकास कोषको कार्यालयमा कोषका सवारी साधन तथा सेवाप्रदायक संस्थानका साधन पार्किङ गर्ने व्यवस्था मिलाइएको छ ।

बागमती करिडोर र जोरपाटीबाट चाबहिल हुँदै आउने सवारी साधनलाई गुहेश्वरी पारि पार्किङ स्थान तोकिएको छ ।

105 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

चन्द्रागिरि हिल्स, विशाल बजारलगायत ५१ कम्पनीको शेयर लगानी जोखिममा : धिताेपत्र बाेर्ड

२०७८ असार १ गते, मंगलवार
petrol

काठमाडौँमा पेट्रोलियम पदार्थको अभाव, अधिकांश पेट्रोल पम्प बन्द

२०७८ असार १ गते, मंगलवार

भारतमा कोरोना भ्याक्सिनका कारण पहिलो मृत्युको पुष्टि

२०७८ असार १ गते, मंगलवार

प्रहरीको फोटो खिच्दा प्रक्राउ परे शिवराम बोहजू

२०७८ असार १ गते, मंगलवार

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

‘नक्कली डीएसपी’ बन्ने फार्मेसी सञ्चालक पक्राउ

२०७८ असार १ गते, मंगलवार

उपत्यकामा आजदेखि निषेधाज्ञा केही खुकुलो, विहान ११ बजेसम्म पसल खुल्ला

२०७८ असार १ गते, मंगलवार

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

फिनल्याण्डको नगरपालिका चुनावमा नेपाली ब्योमा ताम्राकार निर्वाचित

२०७८ जेष्ठ ३१ गते, सोमबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal