एक्काइसौँ सुदिप्त क्यान्सर सर्भाइभर भेला सम्पन्न

२०७७ फाल्गुन २५ गते, मंगलवार

ललितपुर – अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा नेपाल क्यान्सर सपोर्ट ग्रुपको आयोजनामा तथा नेपाल क्यान्सर हस्पिटल एंड रिसर्च सेन्टर र उपचारका लागि सहयोगी हातहरुको संयुक्त सहयोगमा एक्काइसौँ सुदिप्त क्यान्सर सर्भाइभर भेला सम्पन्न भएको छ।

क्यान्सर सपोर्ट ग्रुपकी संयोजक स्वरुपा श्रेष्ठको सभापतित्वमा संचालन भएको कार्यक्रममा उपस्थित सम्पूर्ण क्यान्सर विजेताहरुलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो।

कार्यक्रममा संयोजक श्रेष्ठले यस टिकटक तथा कबिता प्रतियोगिताले कोरोना महामारीले सम्पूर्ण क्यान्सर समाजमा ल्याइदिएको निराशापनलाई तथा निरसतालाई धेरै हदसम्म कम गरेको उल्लेख गर्नुभयो।

कार्यक्रममा कविता प्रतियोगितामा उत्कृष्ट भएका क्यान्सर विजेताहरु गंगा के सि , श्रीजना लुइँटेल चापागाई , अनिता श्रेष्ठ, लिना नेम्कुल, मीना तुलाधर, गीता चित्रकार, लोकेश्वरी शाक्यलाइ पुरस्कार प्रदान गरिएको थियो। त्यस्तै सेलेब्रेटि पुरस्कार चर्चित मोडेल डली गुरुङ र वरिष्ठ गायिका संगीता शाक्यलाइ प्रदान गरिएको थियो भने ७४ वर्षिय क्यान्सर विजेता तारा प्रसाद त्रिपाठीलाइ ज्येष्ठ नागरिक पुरस्कार प्रदान गरिएको थियो। त्यस्तै, टिक टक च्यालेन्ज प्रतियोगितामा उत्कृष्ट भएका क्यान्सर विजेताहरु अनिता श्रेष्ठ, गंगा के सि, मीना तुलाधर र पुर्णेश्वरी कोजु महर्जनलाइ पनि पुरस्कार प्रदान गरिएको थियो।

कार्यक्रममा यस वर्ष आयोजना गरिएको कविता प्रतियोगिताका निर्णायक मण्डलका सदस्यहरु कवयत्री शान्ति शर्मा तथा दीपक यात्रीसाथै प्रतियोगितामा प्रथम भएकी गंगा केसीले आ-आफ्नो कविता वाचन गरेर सुनाउनु भएको थियो।

यसैगरी सेलिब्रिटी क्यान्सर विजेता डली गुरुङले आफुले नेपाल क्यान्सर हस्पिटल एंड रिसर्च सेन्टरको प्रांगणमा रहने गरि एउटा बिजयी घण्ट सौजन्य स्वरुप दिएको र हरेक क्यान्सर बिरामीले उपचार पछि उक्त बिजयी घण्ट बजाई आफु क्यान्सरमुक्त भएको उद्घोष गर्दै उपचाररत क्यान्सर बिरामीको हौसला बढाउनको लागि पनि अनुरोध गर्नुभयो।

क्यान्सर विजेता इन्दिरा प्रधानाङ्गले नृत्य प्रस्तृत गर्नु भएको थियो भने योगा प्रशिक्षक सिमान न्यौपानेले हौशला र हाँसोको महत्व बारेमा बोल्नु भएको थियो। कार्यक्रममा क्यान्सर विजेता बबि शाक्यले आफूलाई क्यान्सर भएको २४ बर्ष भैसकेको सत्यता सुनाउदै क्यान्सरमाथि विजय प्राप्त गर्न सकिने यथार्थता सुनाउनु भएको थियो।

कार्यक्रममा क्यान्सर विजेताहरुले सधै हौसला र प्रेरणा दिदै आएकी क्यान्सर सपोर्ट ग्रुपकी संयोजक स्वरूपा श्रेष्ठलाई ग्रुपको अभिभाबकको भूमिका निर्बाह गर्नुभएकोमा दोसल्ला ओढाई अभिनन्दन र उपहार प्रदान गरेका थिए।

कार्यक्रममा तारा अमात्यले धन्यबाद ज्ञापन गर्नु भएको थियो भने क्यान्सर विजेता सुनिता तुलाधरले स्वागत मन्तब्य दिनुभएको थियो।

217 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

फिनल्याण्डको नगरपालिका चुनावमा नेपाली ब्योमा ताम्राकार निर्वाचित

२०७८ जेष्ठ ३१ गते, सोमबार

‘विश्वकाे सबैभन्दा ठूलो परिवार’ का घरमुलीकाे निधन

२०७८ जेष्ठ ३१ गते, सोमबार

काठमाण्डौ उपत्यकामा २ देखि १२ दिन विराएर पानी वितरण हुने

२०७८ जेष्ठ ३१ गते, सोमबार

एक हप्ता थपियो निषेधाज्ञा, यी क्षेत्रमा खुकुलो

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौंमा स्कुटर बिजुलीको पोलमा ठोक्किएर एक जनाको मृत्यु

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ महानगरमा रोकिएको खोप कार्यक्रम भोलिदेखि शुरू

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ उपत्यकाको निषेधाज्ञा जेठ ३१ पछि पनि थप्न तयारी

२०७८ जेष्ठ २८ गते, शुक्रबार

असुरो के हो ,कस्ता रोगका लागि उपयुक्त हुन्छ?

२०७८ जेष्ठ २८ गते, शुक्रबार

काठमाडौंमा खोप कार्यक्रम स्थगित

२०७८ जेष्ठ २७ गते, बिहीबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal