ललितपुरमा महिला हस्तकला मेला सुरु

२०७७ फाल्गुन २२ गते, शनिबार

ललितपुर – हस्तकलाको प्रवद्र्धन, महिला सशक्तिकरणको सम्वद्र्धन भन्ने नाराका साथ १११ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा शनिबारदेखि ललितपृुरमा महिला हस्तकला मेला सुरु भएको छ ।

ललितपुर महानगरपालिका र नेपाल हस्तकला महासंघको संयुक्त आयोजनामा ललितपुर महानगर परिसरमा मेलाको उद्घाटन गर्दै ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले हस्तकला उद्यमशिलता प्रवद्र्धनका लागि महानगरपालिकाले सयौं व्यत्तिलाई तालित दिएपनि उनीहरु हस्तकला व्यवसायमा नलागी नोकरीका लागि भौतारिने गरेको भन्दै असन्तुष्टी व्यक्त गर्नुभयो । महर्जनले भन्नुभयो‘ हस्तकला उद्यशीलता प्रवद्र्धनका लागि हामीले तालिम, गोष्टीमा धेरै खर्च गयौं तर तालिम लिनेहरु उद्यमशिलतातर्फ नलागि नोकरी खोज्दै हिँड्ने गरेको पाइयो, अव महानगरपालिकाले यस्ता उपलव्धीविहीन तालिम गोष्टीमा खर्च गर्ने छैन ।’उहाँले हस्तकलाको प्रवद्र्धनका लागि महानगरपालिका परिसरमा हप्तैपिच्छे मेला आयोजना गर्न महानगरपालिकाले मेलास्थल निशुल्क उपलव्ध गराउने प्रतिवद्धतासमेत व्यक्त गर्नुभयो ।

महानगर परिसभित्र मात्र नभइ ललितपुरका सडक परिसरमासमेत रातको समयमा हाट बजार संचालन गरी आफ्नो उत्पादनको प्रवद्र्धन गर्न सकिने उहाँको भनाइ थियो । महानगरपालिकाले मुख्य सडक तथा बजार क्षेत्रमा रातको समयमा पनि लाइटको व्यवस्था गरेका कारण रातको समयमा पनि दिनमा जस्तै उज्यालो हुने भएकोले रातको समयमा पनि हाट बजार संचालन गर्न सकिने उहाँले जानकारी गराउनुभयो ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरद बिक्रम राणाले निर्यात व्यापारमा नेपाली हस्तकलाको महत्वपूर्ण भूमिका रहेको भन्दै आगामी दिनमा महिला हस्तकला उद्यमीसँग पनि मेला, प्रदर्शनीहरुमा सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । नेपाल हस्तकला महासंघका अध्यक्ष सुरेन्द्रभाइ शाक्यले कोरानाका कारण सिथिल बनेको हस्तकला प्रवद्र्र्धनमा मेलाबाट थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
मेला संयोजक सविता सिंह महर्जनले कोरोनाबाट थलिएको हस्तकलाको प्रवद्र्धनका लागि मेला आयोजना गरिएको बताउनुभयो । उहाँले मेलामा करिब ५० स्टल रहेको जानकारी गराउँदै उत्कृष्ट एक स्टललाई पुुस्कृत गरिने घोषणासमेत गर्नुभयो ।

सो अवसरमा ललितपुर महानगरपालिकाअन्तर्गको हस्तकला प्रवद्र्धन समितिका संयोजक सुरेशमान महर्जन, उपमेयर गीता सत्याल लगायतले उद्यमशिलताविना महिला शसक्तिकरण हुन नसक्ने भन्दै महिलालाई आर्थिकरुपमा सम्पन्न गराउन विनाधितो कर्जाको व्यवस्थाका लागि महानगरपालिकाले पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।
फागुन २४ गतेसम्म संचालन हुने मेलामा एकै छानामुनि प्राकृतिक रेसा केतुके, अलैंची, केरा, अल्लो र बाँसबाट निर्मित सामान, काष्ठकला, चाँदीका गरगहना तथा चाँदीका वस्तु, धातुका गरगहना, फेल्ट, क्रिष्टलका सामान, हाड र सिंगका सामान, बिड्सका सामान, उनी तथा सुती, ढाकाका सामान, पश्मिना, हाते कागजका सामान, सेरामिक तथा माटोका सामान ,सीसाजन्य सामानका साथै वैक तथा वित्तीय संस्था गरी करिब ५० स्टल रहेको आयोजकले जनाएको छ ।

मेलामा काठमाडौं उपत्यकाभित्रका जिल्लाको लघु, घरेलु उत्पादक एव कम आय भएका महिला, जनजाति आदिबासी उद्यमीका साथै अपाङगता भएका महिलाका उत्पादन पनि रहेका छन् । महिला उद्यमीबाट उत्पादित नेपाली उत्पादन, नेपालको पहिचानअनुरुप स्थानीय हस्तकला वस्तुको बजार बिकास र प्रबद्र्धन कार्यको थालनी गर्नु र हस्तकला व्यवसायमा संलग्न लघु, घरेलु तथा साना उद्यमी,व्यवसायीलाई उत्पादक, खरिदकर्ता, बिक्रेता र निर्यातकर्तासँग एकै थलोमा भेला गराई स्थानीयस्तरमा हस्तकलाको बिक्री प्रवद्र्धनका साथै अन्तरराष्ट्रिय बजारमासमेत निर्यात प्रवद्र्धन गर्न सघाउ पुयाउने उद्देश्यका साथ मेला आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

114 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

फिनल्याण्डको नगरपालिका चुनावमा नेपाली ब्योमा ताम्राकार निर्वाचित

२०७८ जेष्ठ ३१ गते, सोमबार

‘विश्वकाे सबैभन्दा ठूलो परिवार’ का घरमुलीकाे निधन

२०७८ जेष्ठ ३१ गते, सोमबार

काठमाण्डौ उपत्यकामा २ देखि १२ दिन विराएर पानी वितरण हुने

२०७८ जेष्ठ ३१ गते, सोमबार

एक हप्ता थपियो निषेधाज्ञा, यी क्षेत्रमा खुकुलो

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौंमा स्कुटर बिजुलीको पोलमा ठोक्किएर एक जनाको मृत्यु

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ महानगरमा रोकिएको खोप कार्यक्रम भोलिदेखि शुरू

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ उपत्यकाको निषेधाज्ञा जेठ ३१ पछि पनि थप्न तयारी

२०७८ जेष्ठ २८ गते, शुक्रबार

असुरो के हो ,कस्ता रोगका लागि उपयुक्त हुन्छ?

२०७८ जेष्ठ २८ गते, शुक्रबार

काठमाडौंमा खोप कार्यक्रम स्थगित

२०७८ जेष्ठ २७ गते, बिहीबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal