‘मिस एण्ड मिसेज डिस्याबिलिटी क्वीन’ हुने

२०७७ फाल्गुन २२ गते, शनिबार

काठमाण्डाैं – अपाङ्गता भएको व्यक्तिहरुको प्रतिभा पहिचानमा सहयोग पुर्‍याउन सौन्दर्य प्रतियोगिता ‘मिस एण्ड मिसेज डिस्याबिलिटी क्वीन २०२१’ आयोजना हुने भएको छ ।

अपाङ्गता भएका व्यक्तिहरुको सांस्कृतिक समाज नेपाल र ग्रिन आर्ट मिडियाले प्रतियोगिताको आयोजना गर्न लागेको हो । ग्रिन आर्ट मिडियाका सिइओ प्रविन लाकौलले अपाङ्गता भएको व्यक्तिलाई पनि समाजमा अगाडि ल्याउनु पर्छ भनेर प्रतियोगिता आयोजना गर्न लागेको बताउनु भयो।

अपाङ्गता भएका ब्यक्तिहरुको सांस्कृतिक समाज नेपालका सभापति सरिता थुलुङले प्रतियोगिताले अपाङ्गता भएको व्यक्तिलाई अगाडि लगाउन मद्दत पुग्ने भएको आफुले सहकार्य गरेको बताउनु भयो।

आगामी चैत्र २१ गते हेरिटेज गार्डेन सानेपामा आयोजना हुने प्रतियोगितामा अनिला श्रेष्ठको कोरियोग्राफी रहनेछ । प्रतियोगितामा शीर्षसहित विभिन्न उपविधामा विजेता छानिने र विजेताले विभिन्न पुरस्कारसमेत जित्ने आयोजकले जनाएको छ।

294 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

फिनल्याण्डको नगरपालिका चुनावमा नेपाली ब्योमा ताम्राकार निर्वाचित

२०७८ जेष्ठ ३१ गते, सोमबार

‘विश्वकाे सबैभन्दा ठूलो परिवार’ का घरमुलीकाे निधन

२०७८ जेष्ठ ३१ गते, सोमबार

काठमाण्डौ उपत्यकामा २ देखि १२ दिन विराएर पानी वितरण हुने

२०७८ जेष्ठ ३१ गते, सोमबार

एक हप्ता थपियो निषेधाज्ञा, यी क्षेत्रमा खुकुलो

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौंमा स्कुटर बिजुलीको पोलमा ठोक्किएर एक जनाको मृत्यु

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ महानगरमा रोकिएको खोप कार्यक्रम भोलिदेखि शुरू

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ उपत्यकाको निषेधाज्ञा जेठ ३१ पछि पनि थप्न तयारी

२०७८ जेष्ठ २८ गते, शुक्रबार

असुरो के हो ,कस्ता रोगका लागि उपयुक्त हुन्छ?

२०७८ जेष्ठ २८ गते, शुक्रबार

काठमाडौंमा खोप कार्यक्रम स्थगित

२०७८ जेष्ठ २७ गते, बिहीबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal