कलशयात्रासँगै पाटन मच्छिन्द्रनाथ धार्मिक महोत्सव २०७७ शुरू

२०७७ फाल्गुन २२ गते, शनिबार

ललितपुर – ललितपुरमा पाटन मच्छिन्द्रनाथ धार्मिक महोत्सव २०७७ शुरू भएको छ। धार्मिक महोत्सवको उद्घाटन बाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले शुक्रबार गर्नु भएको हो।

महोत्सवको पहिलो दिन शुक्रबार  बिहान १ हजार ८ कलश शोभा यात्रा मच्छिन्द्रबहाल, कुमारीपाटी, जावलाखेल, पुल्चोक, गाःवहाल, माहापाल, क्वाल्खु, भिमसेन मन्दिर, मङ्गलबजार हुँदै पुन: मच्छिन्द्रबहालमा प्रसाद ग्रहणसँगै सम्पन्न भएको थियो।

धार्मिक महोत्सव अन्तर्गत मच्छिन्द्रबहाल,तःबहालमा  हिन्दु तथा बौद्ध धर्मका गुरुहरुद्वारा धार्मिक प्रवचन कार्यक्रम, स्थानीय बासिन्दाबाट भजनकिर्तन, सगितमय कथा प्रवचन, भाँकी देवलीला लगायतको धार्मिक गतिविधि एक हप्तासम्म हुने आयोजक पाटन मच्छिन्द्रनाथ धार्मिक महोसत्व मूल समारोह समिति २०७७ ले जनाएको छ। 

महाशिवरात्रीको अवसर पारेर मच्छिन्द्रनाथ मन्दिर क्षेत्र वातावरण सुधार एवम व्यवस्थापन गर्ने र विश्वमा फैलिएको कोरोनाको कारण दिवंगत भएका मनिसहरुको चिरशान्ती साथै सङ्क्रमितहरुको शिघ्रस्वस्थ लाभको कामनासहित एक हप्ता लामो धार्मिक महोत्सव गरिएको हो ।

धार्मिक महोत्सवमा करिब १० हजार भक्तालुको सहभागिता हुने धार्मिक महोत्सवका प्रमुख सल्लाहकार पुष्परत्न शाक्यले बताउनु भयो।

हिजोबाट शुरू धार्मिक महोत्सव फागुन २१ गते देखि २८ गते सम्म हुनेछ । 

83 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

फिनल्याण्डको नगरपालिका चुनावमा नेपाली ब्योमा ताम्राकार निर्वाचित

२०७८ जेष्ठ ३१ गते, सोमबार

‘विश्वकाे सबैभन्दा ठूलो परिवार’ का घरमुलीकाे निधन

२०७८ जेष्ठ ३१ गते, सोमबार

काठमाण्डौ उपत्यकामा २ देखि १२ दिन विराएर पानी वितरण हुने

२०७८ जेष्ठ ३१ गते, सोमबार

एक हप्ता थपियो निषेधाज्ञा, यी क्षेत्रमा खुकुलो

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौंमा स्कुटर बिजुलीको पोलमा ठोक्किएर एक जनाको मृत्यु

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ महानगरमा रोकिएको खोप कार्यक्रम भोलिदेखि शुरू

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ उपत्यकाको निषेधाज्ञा जेठ ३१ पछि पनि थप्न तयारी

२०७८ जेष्ठ २८ गते, शुक्रबार

असुरो के हो ,कस्ता रोगका लागि उपयुक्त हुन्छ?

२०७८ जेष्ठ २८ गते, शुक्रबार

काठमाडौंमा खोप कार्यक्रम स्थगित

२०७८ जेष्ठ २७ गते, बिहीबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal