सुनको आपूर्ति बढाउन पहल गर्ने मन्त्रीकाे प्रतिबद्धता

२०७७ फाल्गुन २० गते, बिहीबार

काठमाण्डाैं –  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सुनको आपूर्ति बढाउन पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ । बजारमा कच्चा सुनको अभाव देखिएपछि तत्काल आपूर्ति वृद्धि गर्न सुनचाँदी व्यवसायीले गरेको आग्रहपछि मन्त्री भट्टले समस्या समाधानका लागि पहल गर्ने बताउनु भएको हो।

महासङ्घका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा आज गएको सुनचाँदी व्यवसायी महासङ्घको प्रतिनिधिमण्डलसँगको भेटवार्तामा मन्त्री भट्टले बजारमा देखिएको सुनको अभावबारे आफू पनि जानकार रहेको उल्लेख गर्नु भएको हो । बजारको आवश्यकताअनुसार कच्चा सुन आपूर्ति नभए त्यसले कालोबजारीलाई समेत प्रोत्साहन गर्न सक्नेतर्फ सचेत रहनुपर्नेमा उहाँले जोड दिनु भयो ।

सो अवसरमा महासङ्घका अध्यक्ष शाक्यले बजारमा कच्चा सुनको चरम अभाव देखिएकाले तत्काल समस्या समाधान गर्न मन्त्री भट्टसँग आग्रह गर्नु भयो । कोभिडका कारण भएको लकडाउनका क्रममा घटाएको कोटा अझै वृद्धि नगरेकाले अहिलेको समस्या आएको शाक्यको भनाइ छ।अहिले बजारमा दैनिक २५ देखि ३० किलोसम्म सुनको माग रहेकाले तत्कालका लागि सोही परिमाणमा सुन उपलब्ध गराउनुपर्ने आवश्यकता रहेको उहाँले बताउनु भयो।

पछिल्लो समय दैनिक १० किलो सुन आयात हुँदै आएको छ । लकडाउन अघि सामान्य समयमा दैनिक २० किलो र लगनको समयमा दैनिक २५ किलो सुन आउने गरेको थियो ।

60 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

चन्द्रागिरि हिल्स, विशाल बजारलगायत ५१ कम्पनीको शेयर लगानी जोखिममा : धिताेपत्र बाेर्ड

२०७८ असार १ गते, मंगलवार
petrol

काठमाडौँमा पेट्रोलियम पदार्थको अभाव, अधिकांश पेट्रोल पम्प बन्द

२०७८ असार १ गते, मंगलवार

भारतमा कोरोना भ्याक्सिनका कारण पहिलो मृत्युको पुष्टि

२०७८ असार १ गते, मंगलवार

प्रहरीको फोटो खिच्दा प्रक्राउ परे शिवराम बोहजू

२०७८ असार १ गते, मंगलवार

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

‘नक्कली डीएसपी’ बन्ने फार्मेसी सञ्चालक पक्राउ

२०७८ असार १ गते, मंगलवार

उपत्यकामा आजदेखि निषेधाज्ञा केही खुकुलो, विहान ११ बजेसम्म पसल खुल्ला

२०७८ असार १ गते, मंगलवार

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

फिनल्याण्डको नगरपालिका चुनावमा नेपाली ब्योमा ताम्राकार निर्वाचित

२०७८ जेष्ठ ३१ गते, सोमबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal