खोप लगाएको १६ दिनपछि पत्रकारलाई कोरोना संक्रमण

२०७७ फाल्गुन १८ गते, मंगलवार

काठमाडौं – कोरोना विरुद्धको कोभिसिल्ड खोप लगाएको १६ दिनपछि पत्रकार दामोदरप्रसाद दवाडीलाई संक्रमण भएको छ । ५६ वर्षीय उनले माघ ३० गते निजामती अस्पताल काठमाडौंमा खोपको पहिलो डोज लगाउनुभएको थियो । 

खोप लगाएको दुई सातापछि गत शुक्रबार पीसीआर जाँच गर्दा कोरोना संक्रमण पुष्टि भएको दवाडीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘जिउ दुख्ने, ज्वरो आउने र खोकीसमेत लागेपछि स्वास्थ्य जाँच गरेको थिएँ।’ दवाडी अहिले होम आइसोलेसनमा हुनुहुन्छ । उहाँको स्वास्थ्यमा क्रमशः सुधार भइरहेको छ ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.कृष्ण पौडेलले खोप लगाएपछि संक्रमण भएकोबारे कुनै जानकारी प्राप्त नभएको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘पहिलो डोज लगाएका व्यक्तिलाई कोरोना संक्रमण हुन सक्छ। खोप लगाएको १६ दिनमा संक्रमण भएको हो भने एन्टिबडी विकास हुने समय पनि भइनसकेको हुनुपर्छ। त्यसबारे अहिलेसम्म कुनै जानकारी आएको छैन।’

अन्नपुर्ण पोष्टमा दिनेश गौतमले लेख्नुभएको समाचार

49 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

फिनल्याण्डको नगरपालिका चुनावमा नेपाली ब्योमा ताम्राकार निर्वाचित

२०७८ जेष्ठ ३१ गते, सोमबार

‘विश्वकाे सबैभन्दा ठूलो परिवार’ का घरमुलीकाे निधन

२०७८ जेष्ठ ३१ गते, सोमबार

काठमाण्डौ उपत्यकामा २ देखि १२ दिन विराएर पानी वितरण हुने

२०७८ जेष्ठ ३१ गते, सोमबार

एक हप्ता थपियो निषेधाज्ञा, यी क्षेत्रमा खुकुलो

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौंमा स्कुटर बिजुलीको पोलमा ठोक्किएर एक जनाको मृत्यु

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ महानगरमा रोकिएको खोप कार्यक्रम भोलिदेखि शुरू

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ उपत्यकाको निषेधाज्ञा जेठ ३१ पछि पनि थप्न तयारी

२०७८ जेष्ठ २८ गते, शुक्रबार

असुरो के हो ,कस्ता रोगका लागि उपयुक्त हुन्छ?

२०७८ जेष्ठ २८ गते, शुक्रबार

काठमाडौंमा खोप कार्यक्रम स्थगित

२०७८ जेष्ठ २७ गते, बिहीबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal