विज्ञापनबाट कमाउने ८५ प्रतिशत आम्दानी सञ्चार गृहलाई दिन गुगललाई आह्वान

२०७७ फाल्गुन १७ गते, सोमबार

इन्डियन न्युज पेपर सोसाइटी(आईएनएस)ले गुगललाई स्थानीय पत्रिकाहरूलाई बढी पैसा दिन आह्वान गरेको छ । समाचार प्रकाशनका लागि पत्रकार र मिडिया हाउसले ठुलो लगानी एवं मेहनत गर्ने भएको हुँदा गुगलले विज्ञापनबाट कमाएको बढी पैसा मिडियालाई दिनुपर्ने माग गरिएको हो ।

कुनै पनि समाचारमा देखाएको विज्ञापनबाट कमाउने पैसाको ८५ प्रतिशत पैसा सञ्चार गृहलाई दिन आईएनएसले गुगललाई पत्रमार्फत पनि आह्वान गरेको हो । आईएनएस भारतको सबैभन्दा ठुलो मिडिया सङ्गठन हो । हजारौं पत्रकारहरू महँगो बसाइमा सञ्चार गृहमा काम गर्छन्, त्यसै कारण गुगलले समाचार बापत बढी पैसा दिनुपर्छ, आईएनएसले गुगललाई पठाएको पत्रमा उल्लेख गरेको छ ।

यसबाहेक सङ्गठनले विज्ञापनबाट हुने आम्दानीको रिपोर्टहरू पनि पारदर्शी बनाउन गुगललाई आग्रह गरेको छ । भारतमा करिब १ लाख मिडियाहरू दर्ता छन् भने, ७० करोड भन्दा बढी इन्टरनेट प्रयोगकर्ता रहेका छन् ।

गुगलले विभिन्न समाचार वेबसाइटहरूमा विज्ञापन देखाउँछ । सो बापतको पैसा प्रत्येक महिनाको अन्तमा ती वेबसाइटलाई दिन्छ । विज्ञापनबाट यसरी कमाउने पैसाको ८५ प्रतिशत सञ्चार गृहलाई दिन र आम्दानी रिपोर्ट पारदर्शी बनाउन गुगललाई आह्वान गरिएको हो ।

यसअघि अस्ट्रेलियाले फेसबुक र गुगलले समाचार राखे बापत सञ्चार गृहलाई पैसा दिनुपर्ने कानुन अघि सारेको थियो । सो अनुसार गुगल र फेसबुकले विभिन्न अस्ट्रेलियाली मिडिया हाउसहरूसँग सम्झौता गरिसकेका छन् । अस्ट्रेलियाकै बाटोमा भारत पनि जाने सङ्केत देखिन्छ । एजेन्सी

58 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

चन्द्रागिरि हिल्स, विशाल बजारलगायत ५१ कम्पनीको शेयर लगानी जोखिममा : धिताेपत्र बाेर्ड

२०७८ असार १ गते, मंगलवार
petrol

काठमाडौँमा पेट्रोलियम पदार्थको अभाव, अधिकांश पेट्रोल पम्प बन्द

२०७८ असार १ गते, मंगलवार

भारतमा कोरोना भ्याक्सिनका कारण पहिलो मृत्युको पुष्टि

२०७८ असार १ गते, मंगलवार

प्रहरीको फोटो खिच्दा प्रक्राउ परे शिवराम बोहजू

२०७८ असार १ गते, मंगलवार

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

‘नक्कली डीएसपी’ बन्ने फार्मेसी सञ्चालक पक्राउ

२०७८ असार १ गते, मंगलवार

उपत्यकामा आजदेखि निषेधाज्ञा केही खुकुलो, विहान ११ बजेसम्म पसल खुल्ला

२०७८ असार १ गते, मंगलवार

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

फिनल्याण्डको नगरपालिका चुनावमा नेपाली ब्योमा ताम्राकार निर्वाचित

२०७८ जेष्ठ ३१ गते, सोमबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal