म्यानमारकी नेतृ सूची एक महिनापछि सार्वजनिक

२०७७ फाल्गुन १७ गते, सोमबार

गत फेब्रुअरी १ देखि नजरबन्दमा रहनुभएकी म्यानमारकी नेतृ आङ सान सूची आज पहिलोपटक सार्वजनिक हुनुभएको छ ।

उहाँलाई भिडियो लिंकमार्फत अदालतमा पेश गरिएको उहाँका वकिलहरूले बताएका छन् । भिडियोमा हेर्दा उनको स्वास्थ्य अवस्था सामान्य रहेको वकिलहरुको भनाइ छ । सेनाले सत्ता कब्जामा लिएपछि सूचीलाई अज्ञात स्थानमा नजरबन्द गरेर राखिएको छ ।

म्यानमारमा सूचीको रिहाइमो माग गर्दै दैनिक सडक प्रदर्शनहरु भइरहेका छन् । हिजोको प्रदर्शन भने अरु दिनको भन्दा निकै हिंस्रक बन्यो । प्रदर्शनमा सहभागी १८ जनाको प्रहरीको गोली लागेर मृत्यु भएको छ । गोली लागेर कैयौं मानिस अस्पतालमा भर्ना भएका छन् ।

हिजोको हिंस्रक अवस्थापछि पनि आज प्रदर्शनकारीहरु सडकमा देखिएका छन् । उनीहरुले सूचीको रिहाइ र सरकार पुनःस्थापित गर्न माग गरेका छन् । सेनाले भने पछिल्लो चुनावमा धाँधली भएको बताउँदै शासनसत्ता आफ्नो कब्जामा लिएको छ । यद्यपि सेनाले अहिलेसम्म धाँधली भएको एउटा पनि प्रमाण पेश गर्न सकेको छैन ।

49 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

फिनल्याण्डको नगरपालिका चुनावमा नेपाली ब्योमा ताम्राकार निर्वाचित

२०७८ जेष्ठ ३१ गते, सोमबार

‘विश्वकाे सबैभन्दा ठूलो परिवार’ का घरमुलीकाे निधन

२०७८ जेष्ठ ३१ गते, सोमबार

काठमाण्डौ उपत्यकामा २ देखि १२ दिन विराएर पानी वितरण हुने

२०७८ जेष्ठ ३१ गते, सोमबार

एक हप्ता थपियो निषेधाज्ञा, यी क्षेत्रमा खुकुलो

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौंमा स्कुटर बिजुलीको पोलमा ठोक्किएर एक जनाको मृत्यु

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ महानगरमा रोकिएको खोप कार्यक्रम भोलिदेखि शुरू

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ उपत्यकाको निषेधाज्ञा जेठ ३१ पछि पनि थप्न तयारी

२०७८ जेष्ठ २८ गते, शुक्रबार

असुरो के हो ,कस्ता रोगका लागि उपयुक्त हुन्छ?

२०७८ जेष्ठ २८ गते, शुक्रबार

काठमाडौंमा खोप कार्यक्रम स्थगित

२०७८ जेष्ठ २७ गते, बिहीबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal